बिरगंज । ठूलो परिमाणमा लागुऔषध गाँजा कन्टेनर ट्रकमा लोड गरी हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट विगत २४ घण्टादेखि भएको निरन्तर निगरानी, सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा आज सोमबार अं.१२:१० बजे जिल्ला पर्सा बीरगञ्ज
महानगरपालिका वडा नं.२५ ICP गेटनजिक जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले HR55M 2209 नम्बरको भारतीय कन्टेनर ट्रकलाई रोक्न खोज्दा गाडी रोकी स्टार्ट अवस्थामा चालक फरार भएको; उक्त ट्रकको कन्टेनरको च्याम्बर खोली जाँच गर्दा रातो
प्लाष्टिकमा बेरेर प्याकेट गरिएको अवस्थामा राखिएको २३ वटा पोकाभित्र २४७ के.जी. लागुऔषध गाँजा फेला परेकोले सो ट्रकलाई उल्लेखित गाँजासहित बरामद गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको साथै उल्लेखित ट्रकको सवारीधनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको पर्सा प्रहरीले जनाएको छ ।