• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा जिका भाइरस देखियो, जोखिममा नेपाल ?

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार १३:५६
  • २९५३

    वीरगन्ज । हालै भारतको दक्षिणी राज्य केरेलामा जिका भाइरसका सङ्क्रमितहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारका माध्यमहरूले जनाइरहेका छन । हुन त भारतमा योभन्दा अगाडि सन् २०१६/२०१७ तथा सन् २०१८ मा पनि देखिएको थियो । नेपाल–भारतबीच खुला लामो सीमा र हेल्थ डेस्कहरू पर्याप्त नहुँदा सङ्क्रामक रोगहरू एकअर्काको देशमा सहजै भित्रने गर्छन् । हाल नेपालमा देखिरहेको कोरोनाको डेल्टा भेरियन्ट पनि भारतमा विकास भई नेपाल भित्रिएको थियो । जिका सङ्क्रमितलाई लामखुट्टेले टोके लामखुट्टे सङ्क्रमित भई सो ठाउँमा भाइरस फैलाउने गर्छ । रगत, वीर्य, गर्भावस्थामा आमाबाट बच्चामा, शारीरिक सम्पर्क तथा बादरको टोकाइबाट पनि जिका भाइरस सर्न सक्छ ।

    ब्राजिलमा सन् २०१५ मा जिकाको महामारी देखिँदै गर्दा सङ्क्रमित गर्भवती महिलाबाट जन्मने धेरै बच्चाहरूमा टाउकोको आकार सानो हुने समस्या देखिएका थिए । यसलाई ‘माइक्रोकेफाली’ पनि भनिन्छ । यो घटनाले गर्दा विश्वको ध्यान जिका भाइरसप्रति आकृष्ट भएको थियो । अर्काे वर्ष सन् २०१६ मा भारतमा पनि यो भाइरस देखिँदा त्यसको तरङ्ग नेपालसम्म आइपुगेको थियो । यो पङ्क्तिकारले पनि सो समयमा जिकासँग मिल्दोजुल्दो लक्षण भएकाहरूलाई प्रयोगशाला परीक्षण गर्न पठाउने गरेको थियो । हाल यस्तो परीक्षण स्थगित गरिएको छ ।

    जिका भाइरस सङ्क्रमितहरू अधिकांशमा लक्षणहरू सामान्य वा लक्षणविहीन हुनेगर्छ । शरीरमा बिमिरा देखिने, आँखा रातो हुने, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको तथा मांसपेशीका दुख्ने आदि जिका भाइरसका लक्षण हुन् । कतिपय यी लक्षण डेङ्गु तथा चिकुनगुनिया भाइरसहरूसँग पनि मिल्ने गर्छन् । यी तिनै भाइरसहरू एडिस जातको लामखुट्टेले सार्ने गर्छ । यो लामखुट्टे काठमाडौँ लगायत नेपालका विभिन्न भागमा विगतदेखि नै विशेषतः मनसुन सिजनमा देखिँदै र सक्रिय हँुदै आइरहेको छ । बिहान र बेलुकी यो लामखुट्टे बढी सक्रिय हुने र टोक्ने गर्छ । हाल नेपालमा मनसुन भित्रिएसँगै यो लामखुट्टे पनि सक्रिय भइसकेको छ । लक्षणहरूको आधारमा मात्र जिका निदान गर्न नसकिने हुँदा प्रयोगशाला परीक्षण आवश्यक पर्छ । हाल कोरोना भाइरस परीक्षणमा प्रयोग हँुदै आइरहेको पीसीआर प्रविधि जिका पहिचानको लागि पनि प्रयोग गर्न सकिन्छ । लक्षण देखिएको एक हप्ताभित्र रगतको जाँच गरे जिका पत्ता लाग्न सक्छ । सङ्क्रमितको पिसाबबाट पनि जिका पत्ता लगाउन सकिन्छ । सङ्क्रमण भएको ३ देखि १४ दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्दछ ।

    जिका सङ्क्रमण भएर मृत्यु हुनु दुर्लभ मानिन्छ । तर गर्भवती महिलामा जिका सङ्क्रमण भए जन्मने बच्चामा विशेष गरी स्नायु र मस्तिष्कसँग सम्बन्धित समस्याहरू देखिने गर्छन् । मस्तिष्कको पूर्ण विकास नहुँदा टाउकोको आकार सानो हुने (माइक्रोकेफाली) र गुलेन सिन्ड्रोम देखिन सक्छन् । आँखामा समस्या, सुन्ने शक्तिमा कमी, शारीरिक वृद्धि विकासमा अवरोध जस्ता अरू समस्या पनि देखिन सक्छ । तर भारतीय स्वस्थ मन्त्रालयले जनाएअनुसार भारतमा सङ्क्रमित आमाहरूबाट जन्मिएका बच्चाहरूमा मष्तिस्कसम्बन्धी समस्या देखिएको थिएन । ब्राजिलमा देखिएको मस्तिष्कमा प्रभाव पार्ने जिन (अनुवंश) भएका जिका भाइरस भारतमा नदेखिएकाले (स्थानीय भाइरस) बच्चाहरू स्वस्थ भएका उनीहरूको तर्क थियो । वास्तमा जिका सङ्क्रमितहरू आफ्ना गाउँठाउँभन्दा बाहिर गएका भ्रमण इतिहास भएकाहरू थिएन । तर भारतीयहरू ठूलो सङ्ख्यामा विश्वका विभिन्न देशमा आवतजावत गर्ने हुँदा ब्राजिलियन जिका भाइरस भारतसम्म नआउला भन्न भने सकिने अवस्था छैन ।

    नेपालमा आजका मितिसम्म जिका पुष्टि भइसकेको छैन । तर जिका भाइरस डेङ्गु जस्तो नियमित जाँच (सिजनमा) अन्तर्गत नपर्दा छैन भन्ने अवस्था पनि छैन । यसका लक्षणहरू डेङ्गुसँग मिल्दो जुल्दो भए पनि डेङ्गु नेगेटिभ भएका बिरामीमा जिका जाँच गर्ने गरिँदैन । सन् २०१७ मा लालबन्दी, सर्लाहीमा डेङ्गु नेगेटिभ भएका तर डेङ्गुसँग मिल्दाजुल्दा सङ्क्रमित अत्यधिक मात्र देखिएका थिए । तर त्यो बेलामा जिका परीक्षण भने गरिएन । भारतमा डेङ्गुसँग मिल्दोजुल्दो सङ्क्रमितमा परीक्षण गर्दा जिका भाइरस पत्ता लागेको थियो ।

    अन्त्यमा अधिकांश जिका सङ्क्रमितहरूमा लक्षण कडा नहुने र मृत्यु पनि दुर्लभ मानिन्छ तर गर्भवती महिला सङ्क्रमित भए जन्मिने बच्चामा मस्तिष्क र स्नायुसम्बन्धी विभिन्न समस्या देखा पर्न सक्छ । जिका भाइरस विरुद्ध भ्याक्सिन बनिसकेको छैन । तसर्थ गर्भवतीको योजना बनाएकाहरूले जिका भाइरसबाट सङ्क्रमित नहुन् थप सतर्कता अपनाउनुपर्ने हुन्छ । नेपालमा जिका पुष्टि भएको त छैन तर परीक्षण नियमित नहुनाले छैन भनेर ढुक्क हुने अवस्था पनि छैन । किनभने छिमेकी देश भारतमा बर्सेनि जिका भाइरस देखिँदै गर्दा ढिलो चाँडो नेपालसम्म भाइरस नआउला भन्न सकिँदैन ।

    लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑