वीरगन्ज । बेलायतमा पछिल्लो एक हप्ताभित्र २ लाख १३ हजारभन्दा बढी नयाँ संक्रमितको पुष्टि भएको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा झन्डै ३० प्रतिशतले बढी हो । पछिल्लो चार दिनसम्म लगातार दैनिक ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा बेलायतमा ८ करोड तीन लाख २७ हजार ६७९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५७ लाख ८६ हजार ५५० जनाले पहिलो र तीन करोड ४५ लाख ४१ हजार १२९ जनाले दोस्रो डोज लगाएका छन् ।