काठमाडौं । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ ।काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या सात हजार ६८२ छ । त्यसमध्ये काठमाडौंमा मात्रै पाँच हजार ३५ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार ३२३ र भक्तपुरमा एक हजार २४ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३२ जना कोरोनामुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण २२ जनाको मृत्यु पुष्टि भएको छ ।