वीरगन्ज । शुक्रबार दुई भागमा विभाजित नेकपा एमालेको पार्टी एकता गर्न सहमति हुने संकेत देखा परेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप बढाएका छन् ।शनिबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वमा भेटको अध्यक्ष प्रचण्डले त्यसलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन् ।
३ बजे सभापति देउवानिवास बूढानीलकण्ठमा पुगेका उनी अहिले सभापति देउवासँग पछिल्लो राजनीतिक घटनाक्रम र एमालेभित्र देखिएको समस्या समाधानका विषयहरुबारे छलफल भइरहेको स्रोत बताउँछ ।
सभापति देउवालाई भेट्नुअघि अध्यक्ष प्रचण्डले नेता नेपाललाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिने भन्दै सल्लाह पनि दिएका थिए । र, पार्टी एकताभन्दा पनि विपक्षी गठबन्धनमै बस्न भनेका थिए ।भेटवार्तामा आफूले गठबन्धन नछाड्ने र हस्ताक्षर पनि फिर्ता नलिने भन्दै आफूनिकट नेताहरुसँग छलफल गर्ने नेता नेपालले अध्यक्ष प्रचण्डलाई जवाफ दिएका थिए ।