वीरगन्ज । ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई आफ्नाे गोपनीयता नीति रोज्न बाध्य नपार्ने बताएको छ। शुक्रबार दिल्ली उच्च अदालतमा भएको बहमा ह्वाट्सएपले गोपनीयता नीति रोज्न बाध्य नपार्ने जनाएको हो। गोपनीयता नीति रोज्न बाध्य पार्दा यसले डेटा संरक्षण गरेर प्रयोगकर्ताहरुको सम्पूर्ण जानकारी दुरुपयोग हुने भन्दै भारतमा विरोध भइरहेको छ।
यहीसँग सम्बन्धित मुद्दामा बहस गर्दै कम्पनीले बिल लागू नभएसम्म गोपनीयता नीति स्थगित गरिएको जानकारी दिएको छ। मुख्य न्यायाधीश डीएन पटेल र न्यायधिस ज्योति सिंहको इजालासमा ह्वाट्सएपको तर्फबाट मुद्दा लडिरहेका वरिष्ठ अधिवक्ता हरिश साल्वेले भने,‘ हामी आफैंले यसलाई रोक्न सहमत भएका छौं र प्रयोगकर्ताहरुलाई बाध्य पार्दैनौं।’
साल्वेले अझै पनि आफ्ना प्रयोगकर्ताहरूलाई सुविधा दिन ह्वाट्सएपले अपडेट गरिरहेको जानकारी दिए। उच्च अदालतले फेसबुक र यसको ह्वाट्सएपले गरेको अपीलहरूको सुनुवाइ गर्दैछ। यद्यपि, अदालतले ह्वाट्सएपको नयाँ गोपनीयता नीतिमा सीसीआईको अनुसन्धान रोक्न अस्वीकार गरेको छ।