वीरगन्ज ।मकवानपुर । मकवानपुर प्रहरीले ५७ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतरा पूर्व पश्चिम सडक खण्ड स्थित चितवनबाट बारातर्फ जाँदै गरेको ना. ४ च १५०१५ नम्वरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।
सो गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।