वीरगन्ज । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई निर्माण भएको नेकपा नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा अगाडि बढाउने र नेपाली धरतीमा करिब ५०वर्ष निरन्तर शासन गर्ने नेकपाका शीर्ष नेताहरूले उद्घोष गरेका थिए। जुन तीन वर्ष नपुग्दै असफल हुन पुग्यो। सर्वोच्च अदालतले गरेको नेकपाको विघटनले नेकपाका नेताकार्यकर्तामाव्यापक निराशा पैदा गर्यो। केन्द्रमा करिब दुईतिहाईको एकल सरकार र ६वटा प्रदेशमा सरकार सञ्चालन गरेको नेकपाको विघटनसँगै अहिले नेपाली राजनीति अस्थिरताको दिशातिर उन्मुख हुँदैछ।
अस्थिर अवस्था आउनुका पछाडि एकताको आधार कमजोर रहेकोे भन्दै विशेष गरेर सत्ता स्वार्थसँग जोडेर व्याख्या गर्नेहरू छन्। तिनले नेकपाको एकतालाई अध्यक्ष केपी ओलीले माओवादीलाई साथ लिएर दुईतिहाईको बलियो जनमतसहित पाँच वर्ष शासन गर्ने चाहन्थे भने। अर्का अध्यक्ष पुष्पकमल दाहाल आफ्नो पार्टीको गिरेको साख बचाउने र एकीकृत विशाल पार्टीको अध्यक्ष भई सधैं सत्ता र शक्तिको केन्द्रमा बस्ने अभिलाषा राख्दथे। जसकारण दाहाल–ओलीबीच भिन्न स्वार्थका बीच पार्टी एकता भएको भनी आलोचना हुने गरेको छ।झट्ट हेर्दा यो आलोचना ठिकैजस्तो लाग्छ। तर नेकपाले स्थापना कालदेखि भन्दै आएको नयाँ जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भइसकेको थियो। समाजवादी क्रान्तिको आधार तयार गर्ने भन्नेमा दुवै पार्टी एकमत भइरहेको अवस्थामा पार्टी एकता गरेर अगाडि बढ्ने निर्णय सही थियो। जुन निर्वाचनको परिणामले पनि पुष्टि गरीसकेको थियो।
समयक्रमसँगै शक्ति संघर्षको केन्द्र बनेको नेकपा गुटहरूको महासंघ बन्न पुग्यो। गुटबीचको पदीय लडाई सडकमा पुगेको बेला अदालतले नेकपालाई नै विघटनगरिदियो। विघटनसँगै पूर्वएमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए। यससँगै एमालेमा पुराना स्थायी गुटहरूले टाउको उठाउन थाले। सिद्धान्त र विचारहीन एमालेभित्रको एउटा गुट दाहाल र कांग्रेससभापति शेरबहादुर देउवासँग मिलेर पार्टी एमालेअध्यक्ष ओलीलाई सरकार र पार्टीबाट अपदस्त गर्ने रणनीतिका साथ मैदानमा निस्केको छ। एमालेभित्रको यो गुटगत लडाईंले एमाले सग्लो रहने कि नरहने भन्ने गम्भीर प्रश्न खडा भएको छ।
माधव नेपालको अनिच्छा
नेकपा एमालेमा अहिलेको विवादलाई समाधान गरेर एमालेलाई सग्लो बनाई अगाडि बढाउने कुरामा माधव नेपाल समूहको तीव्र अनिच्छा देखिन्छ।यद्यपि त्यस समूहभित्रका केही युवानेता पार्टी विभाजन गर्नु हँुदैन, नेतृत्वसँग केही कुरामासम्झौता गरेर भए पनि पार्टी एकतालाई बनाउनुपर्छ भनी अध्यक्ष ओलीसहितका नेतासँग सम्वाद गरीरहेका छन्। यो सम्वादलाई सार्थक तुल्याउननेपाल र भीम रावलहरूले इच्छा देखाएको पाइँदैन। एमालेभित्र जुन प्रकारको गुटबन्दी र अराजकता देखिएको छ,त्यसको नेतृत्वनेपालजस्तो शीर्षनेताबाट हुनु दुःखद् पक्ष हो। लामो समयसम्म नेकपा एमालेको नेतृत्व गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका नेताबाट पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीको विधि र प्रक्रियाबाट हल गर्नुपर्ने हो। तर दुस्मनीपूर्ण ढंगबाट हल गर्न खोज्नु वा अन्तरसंघर्षको नाममा पार्टी नेतृत्वसँग बदला लिने र नेतृत्वलाई देखाउने काम उचित होइन। अझ पार्टी विभाजन गर्नसडक र अदालत तथा विरोधी शक्तिसँगको गठबन्धन गर्न तयार भए। जसले नेपाल समूह एकताका लागि तयार छैन भन्ने कुरा पुष्टि हुन्छ।
एमालेको नवौं महाधिवेशनमाओलीसँग अध्यक्षमा पराजित भएपछि नेपालले हारलाई आत्मैदेखि स्वीकार गर्न सकेनन्। उनीपार्टीभित्र समानान्तरगुटको रूपमा सञ्चालन गरी नेतृत्वलाई कमजोर बनाउने खेलमा छन्।पार्टीभित्र मुखले गुटबन्दीको विरोध गदै विधिर प्रक्रियाका कुरा गरेर उनी नथाक्ने जस्तो देखिएका छन्। पार्टीभित्र देशभर समानान्तर संगठन सञ्चालन गर्ने र पार्टी बाहिरका विरोधीशक्तिसँग सरकार र पार्टीविरोधी मोर्चा बनाई आन्दोलन गर्ने नीतिका साथ अगाडि बढेका नेपालका गतिविधिले एमालेको आन्तरिक जीवन संकटपूर्णहुँदैछ। एमाले विभाजन औपचारिक रूपमा घोषणा हुन मात्र बाँकी देखिन्छ तर पछिल्ला दिनमा जोडिने सम्भावना पनि देखिएको छ।माओवादी र एमालेको एकतापछि पार्टीभित्रशक्तिशाली बन्दै गएका अध्यक्ष ओली अवस्थालाईनेपालले पचाउन सकेका छैनन्।
सबैसँग सल्लाह लिने र गम्भीर भएर सोच्ने अन्तिममा आफ्नै विवेकले निर्णय लिने केपी ओलीको पहिचान हो। त्यो निर्णयमा चट्टानी अडान राख्दै बोलेको र गरेको निर्णयलाई जस्तै चुनौती आए पनि लागूगरी छाड्ने हक्की र इमान्दार नेताको रूपमा ओलीको पहिचान बनेको छ।
समयक्रममा दाहाल र केपी ओलीबीचसिर्जना भएको अन्तरविरोधमा खेल्दै नेता नेपाल दाहाल नजिक भएर ओलीविरोधी मोर्चा कस्न थाले। यो मोर्चामा वामदेव गौतमलाई समेत सहभागी बनाएर पार्टी अध्यक्ष ओलीविरुद्ध १९ बुँदे आरोप पत्र पार्टीको स्थायी कमिटीको बैठकमा दाहालमार्फत पेश गर्न सफल भए। यो आरोप पत्र अन्ततः पार्टी विभाजनको आधार बन्न पुग्यो। पार्टीभित्रको अन्तरसंघर्षको उत्कर्ष १९ बँुदे आरोप पत्र थियो। पत्रले पार्टीभित्रका गुटहरूलाई स्पष्ट रूपमा दुई समूहमा विभाजनगरिदियो। दाहाल र नेपालसमूह अन्ततः पार्टी नेतृत्व र सरकार कब्जा गर्ने रणनीतिका साथ सडकमा निष्कृय छ। सडकबाटै अध्यक्ष ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरीकारबाही गर्दै अध्यक्षमा माधव नेपाललाई मनोनित गरे। संसदीय दलको नेतामा दाहाललाई बनाएको घोषणा पनि गरे। कुनै हालतमापार्टी कब्जा गर्ने नेपाल–दाहालसमूहको रणनीतिलाई नेकपा पार्टी नै नरहने गरी भएको अदालतको फैसलाले असफल बनाइदिएको थियो।
यो असफलतासँगै पार्टी र सरकारबाट अध्यक्षलाई अपदस्त गर्नेनेपालसमूहको योजना फेरिएको छ। यतिबेला नेपालप्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउनअदालतको कानुनी लडाइँसहित ओलीविरोधी मोर्चाका कमान्डर भएका छन्। त्यसोत नेपाल समूहले आफ्नै प्रधानमन्त्रीलाई विश्वास मत नदिने र राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदारविरुद्ध मतदान गर्नेजस्ता पार्टीविरोधी हर्कतले नेपाल समूह पार्टी एकताका लागि इमान्दार छैन भन्ने कुरा प्रष्ट हुन्छ।
अध्यक्ष ओलीको चाहना
समकालीन नेपाली राजनीतिमा स्पष्ट मिसन र भिजन भएका नेतामा केपी ओली अग्रभागमा देखिन्छ। आफ्नो शक्ति क्षमता हैसियत र गन्तव्यप्रति स्पष्ट प्रम ओली आफैंमा आत्मविश्वास भएका नेताका रूपमा स्थापित छन्। सबैसँग सल्लाह लिने र गम्भीर भएर सोच्ने अन्तिममा आफ्नै विवेकले निर्णय लिने ओलीको पहिचान हो। त्यो निर्णयमा चट्टानी अडान राख्दै बोलेको र गरेको निर्णयलाई जस्तै चुनौती आए पनि लागूगरी छाड्ने हक्की र इमान्दार नेताको रूपमा ओलीको पहिचान बनेको छ। विरोधीहरूले प्रम ओलीको यो शैलीलाई समस्याको कारक तत्वको रूपमा आलोचना गरेकोपाइन्छ।विरोधीहरूका यस्ता आलोचनामा सत्यता देखिँदैन। ओलीको निर्णय र अडानकै कारण विरोधीशक्तिहरू केन्द्रिय राजनीतिमा भूमिकाविहीनअवस्थामा पुग्न बाध्य भएका छन्।
इतिहास निर्माणका लागि राजनेताले कैयौं निर्णयगर्दा भविष्य दाउमा लगाएको पाइन्छ। केपी ओलीको यस्तै निर्णयमध्येको एक निर्णय थियो,दुई भिन्न विचार र कार्यदिशा भएका एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउने। देश र जनताका लागि नेपालको बाम जनमतलाई एक ठाउँमा केन्द्रित गरी राजनीतिक स्थायित्वसहित मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनप्रमओलीले भूमिका खेलेका छन्। एमालेभन्दा कमजोर माओवादीलाई आफ्नै पार्टीको हैसियतसरह ४० प्रतिशत हिस्सा दिएर तत्कालका लागि बहुदलीय जनवादलाई थातीपनि उनले राखे। यसको अन्तरवस्तु सहितको जनताको जनवादलाई पार्टीको कार्यक्रम बनाई एकता गरेर अगाडि बढ्नेनिर्णय आफैंमा साहसिक थियो।
ओलीको यो निर्णयलाई जनताले निर्वाचनमार्फत सजिलै अनुमोदन गरेका थिए। यही निर्णयका कारण इतिहासमै पहिलोपटक कम्युनिष्ट पार्टीलेओलीको नेतृत्वमा दुईतिहाई नजिकको सरकार बनाउन सफल भयो।विरोधीहरूका सम्पूर्ण हत्कडा नितेज बनाउँदै मिसनमा दृढताका साथओली अगाडि बढेको देखिन्छ।माओवादीसँगको एकता गर्दा एमालेभित्रको माधवसमूह त्यति बेला नै झस्केको थियो। देशीविदेशी प्रतिक्रियावादीहरू यो एकतालाई भंग गर्न चाहन्थे। ओली यो एकतालाई बचाएर पाँच वर्ष सरकारलाई निरन्तरता दिन चाहान्थे। तर दुःखको कुरा सरकार गठनको भोलिपल्टैबाट ओली र सरकारविरुद्ध षडयन्त्र सुरु हुन थाल्यो।दुई वर्ष पुग्नासाथ पार्टीका नेताहरूको अगुवाईमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी नेतृत्वलाई बिस्थापित गर्ने कार्यको सुरुआत भयो। निर्वाचनमार्फत ताजा जनादेश लिए जनताको निर्णयअनुसार शासन सञ्चालन होस्भन्ने ओलीको चाहनालाई विपक्षीहरूको योजनामा अदालतले असफल पारिदियो।
दाहालको फुटाउ नीति
नेकपाभित्रको विवाद शत्रुतापूर्ण बनाउनमा दाहालभूमिका महत्वपूर्ण रहन गयो। जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आई संविधानसभाको पहिलो निर्वाचनमा सबैभन्दा ठूलो दलको नेता भएका दाहाल दोस्रो संविधानसभामा आइपुग्दा कमजोर भूमिका देखिए।जनयुद्धका सारथीवैद्य,भट्टराई,थापा, विप्लप, मातृका, मणि, किराँतीलगायतका नेताले छोडेर आफ्नो बाटो लागे। त्यसपछि दाहाल मात्र होइन,माओवादी आन्दोलन नै तितरबितरको अवस्थामा पुग्यो। विभिन्नसमूहमा विभाजित माओवादी आन्दोलनलाई दाहाल एक्लैले जादुमय ढंगबाट पूर्णगठन हुन सक्ने अवस्था थिएन। राजनीतिकका चतुर खेलाडी दाहालले यो अवस्थालाई बुझेर नेकपा एमालेसँग चुनावी गठबन्धन गरी पार्टी एकतासम्म गर्ने निर्णयमा पुगे। दाहालको यो निर्णय दाहाललाई सधैं सत्ता र शक्तिको केन्द्रमा रहिरहने बाटो खोलेको थियो।
एमाले अध्यक्ष ओली दाहालको यो निर्णयलाई स्वीकार गर्दै केपी ओली पनि पार्टी एकताका लागि तयार भए। ४० वर्षदेखि नेतृत्व गर्दै आएका दाहाल एमालेसँगको एकतापछि दोस्रो वरियताक्रममा रहनमञ्जुर भए पनि उनले आत्मैदेखि स्वीकार गर्ने सकेका थिएन्।ओलीसँगको सत्ताका लागि गरिएका गोप्य सम्झौताहरू लागू भएन भन्दै दाहालले छोटो समयमै नेकपाभित्र नेपाललाई साथमा लिँदै पार्टीभित्र बबन्डर सुरुआत गर्ने थाले। पार्टी अध्यक्ष र सरकारबाट ओलीलाई विस्थापित गरीनेपाल र उनले पार्टी र सरकारको नेतृत्व गर्ने योजनाका साथ झलनाथ र वामदेवलाई समेत साथमा लिन सफल भए।जसकारण एमालेविभाजनको संघारमा उभिन पुग्यो। यसका बावजुत ओलीको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियान जारी छ।