• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मनसुनको पहिलो महिनामै औसतभन्दा बढी वर्षा

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार ०८:३५
  • २०४५

    वीरगन्ज । यो वर्ष मनसुनको पहिलो महिना (जुन) मै औसतभन्दा बढी वर्षा भएको छ । विगतमा मनसुनको पहिलो महिना मनसुन यति धेरै सक्रिय हुँदैनथ्यो । मनसुन सुरु भएलगत्तै लगातार भएको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु, मनाङ–मुस्ताङमा बढी क्षति गरेको छ ।

    यसपालि जेठ २८ (जुन ११) मा मनसुन भित्रिएको थियो । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर करिब १ सय दिन वर्षा हुन्छ । मनसुन अवधिमा दिनहुँ वर्षा हुनैपर्छ भन्नेचाहिँ छैन । जुन महिनाभरिमा औसत (सन् १९९१ यता) २७१.६ मिमि वर्षा हुने गरेकामा यो वर्षको जुनका करिब तीन सातामा ३७९.५ मिमि वर्षा भएको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन् । मुलुकका मुख्य २० वटा स्टेसनमा रेकर्ड भएको वर्षाका आधारमा यो तथ्यांक निकालिएको हो । ‘जुनमा सामान्यतया १९.३ मिमि वर्षा हुनुपर्ने हो,’ कँडेलले भनिन्, ‘यो वर्ष जुनमा २७ प्रतिशत वर्षा भएको छ ।’ जुलाईमा ३३.४, अगस्टमा २९.१ र सेप्टेम्बरमा १८ प्रतिशत औसत वर्षा हुन्छ ।

    यस वर्ष कर्णाली, लुम्बिनी, सुदूरपश्चिमका जिल्लामा बढी वर्षा भएको कँडेलले बताइन् । उनका अनुसार जेठ १८ देखि असार २१ सम्म (जुन १ देखि जुलाई ५ सम्म) मात्र ५१४.४ मिमि वर्षा भएको छ । यो औसतभन्दा बढी वर्षा हो । २० वटा स्टेशनको आँकडालाई विश्लेषण गर्दा मनसुनका करिब १ सय दिनमा १ हजार ४ सय २ मिमि वर्षा हुन्छ । यो वर्षभरिमा पर्ने वर्षाको करिब ८० प्रतिशत वर्षा ।

    विभागका अनुसार यसपालि सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा भएको छ । मनसुन सुरु भएदेखि असार २१ सम्म लुम्लेमा १५१६.३, पोखरामा १२८५, सिमरामा ८१२.५, भैरहवामा ७०५.१, दाङमा ६०१.८, धरानमा ५२६.८ र विराटनगरमा ५१६.७ मिमि वर्षा भएको छ । यस्तै, जनकपुरमा ४९०.६, सुर्खेतमा ४८३.८, जिरीमा ४६७.९, डडेलधुरामा ३९५.९, काठमाडौंमा ३७०.२, धनगढीमा ३५३.७, ताप्लेजुङमा ३३०.४ र दिपायलमा २९६.८ मिमि वर्षा भएको छ । नेपालगन्जमा २७५.५, ओखलढुंगामा २५९, धनकुटामा २०३.५, जुम्लामा १९९ र जोमसोममा १९७ मिमि वर्षा भएको छ ।

    केही वर्षयता पहाडी र हिमाली क्षेत्रसम्मै थोरै ठाउँमा केन्द्रित भएर वर्षा हुने क्रम बढेको र त्यसले बाढीपहिरोजन्य विपद् निम्त्याएको विज्ञहरूको विश्लेषण छ । विज्ञहरूले त्यस्तो वर्षालाई हाँडीघोप्टे–मुसलधारे वर्षा भन्ने गरेका छन् । ‘मनाङ र सिन्धुपाल्चोकमा पनि थोरै अवधिमा धेरै वर्षा भएको देखिन्छ,’ कँडेलले भनिन्, ‘त्यही वर्षाले विपद् निम्त्यायो ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान गरे पनि कुन क्षेत्रमा बढी वर्षा हुन सक्छ भन्ने गरेको छैन ।

    महाशाखाले हरेक दिन बेलुकी ६ बजे मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्ने गरेको छ । बुलेटिनमा ३ दिनसम्म कुन प्रदेशमा वर्षा, भारी वर्षा र चट्याङको सम्भावना छ भन्ने उल्लेख हुन्छ । वर्षाको सम्भावना भएको क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (डेब्रिस फ्लो) को जोखिम हुने र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्ने गरिएको छ ।

    विभागका महानिर्देशक सुरजकुमार वैद्य केही वर्षयता सानो क्षेत्र भएर हुने वर्षाको संख्या बढेको सुनाउँछन् । तर, मौसमी मोडलहरूमा सुधार नगरी हामीले स–सानो क्षेत्रको वर्षाको आकलन गर्न सक्दैनौं,’ उनले भने । वैद्यले केही वर्षयता विभागले प्रदेशस्तरमा हुने वर्षा, भारी वर्षा र अति वर्षाको सम्भावनाबारे आकलन गरिरहेको र त्यो धेरै हदसम्म मिलेको समेत बताए । ‘यो क्षेत्रमा ठ्याक्कै यो स्तरको वर्षा हुन सक्छ भनेर त विश्वमा कहीं पनि आकलन गर्ने गरिएको छैन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑