• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तामाकोसीको काममा ढिलाइ गर्ने कम्पनीसँग ठेक्का रद्द

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार ०८:३२
  • १९९३

    वीरगन्ज । माथिल्लो तामाकोसी निर्माणमा ढिलाइको कारक बनेको भारतीय कम्पनी टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ प्रालिसँग आयोजनाले ठेक्का रद्द गरेको छ । आयोजनाको लट दुईअन्तर्गत हाइड्रोमेकानिकल उपकरण जडानको जिम्मेवारी पाएको भारतीय कम्पनीको ढिलासुस्तीका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।

    आयोजनामा सन्तोषजनक काम नगरेपछि असार १५ बाट लागू हुने गरी सम्झौता रद्द गरिएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । ठेक्का रद्द भएपछि भारतीय कम्पनीले राखेको बैंक ग्यारेन्टी जफतका लागि प्रक्रिया सुरु भइसकेको उनले बताए ।

    टेक्सम्याकोसँग सम्झौता रद्द गरिए पनि आयोजनाको विद्युत् उत्पादन कार्यतालिका प्रभावित नहुने शाक्यको दाबी छ । ४ सय ५६ मेगावाटको आयोजनाले सोमबारदेखि पहिलो युनिटबाट ७६ मेगावाट विद्युत्को परीक्षण उत्पादन सुरु गरेको छ । आयोजनामा ६ वटा विद्युत् उत्पादन युनिट छन् । पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु गरेको हरेक दुई सातामा थप अर्को युनिटबाट परीक्षण उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । ‘टेक्सम्याकोले लिएको कामध्ये अझै केही काम गर्नै बाँकी छ,’ शाक्यले भने, ‘अब टेन्डरमार्फत उक्त काम अघि बढाउँछौं ।’

    बाँकी रहेको काम विद्युत् उत्पादनसँग सम्बन्धित नरहेकाले विद्युत् उत्पादन कार्यतालिकामा यसले कुनै असर नगर्ने शाक्यले बताए । टेक्सम्याकोले आयोजनाको महत्त्वपूर्ण र संवेदनशील मानिएको पेनस्टक पाइप जडानसहित हेडवर्क्स, पावरहाउसलगायत संरचनामा उपकरण जडानको काम पाएको थियो । आफूले पाएको जिम्मेवारी सन्तोषजनक रूपमा पूरा गर्न नसकेपछि आयोजनाको लट तीनको ठेकेदार कम्पनी एन्ड्रिच हाइड्रोसँग टेक्सम्याकोलाई सहकार्य गर्न लगाइएको थियो । टेक्सम्याकोले आयोजनाका लागि आवश्यक उपकरण आपूर्ति गरिसकेकाले ठेक्का रद्द गरी अर्को चरणमा टेन्डर गर्दा आयोजनाको लागत र समय दुवै बढ्ने भन्दै टेक्सम्याकोलाई आफूले गर्न नसकेको काम एन्ड्रिजसँग सहकार्य गरी पूरा गर्न आयोजना व्यवस्थापनले दबाब दिएको थियो ।

    पेनस्टक पाइपको काम गर्न टेक्सम्याकोले आयोजनालाई अतिरिक्त भार नपर्ने गरी एन्ड्रिज हाइड्रोसँग २०७५ पुस २३ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार टेक्सम्याकोले पाएको पेनस्टक पाइप जडानको काममा एन्ड्रिजले सघाएको थियो । टेक्सम्याकोले आयोजनाको पेनस्टक पाइपमा जडान गर्नुर्प्ने ज्वाइन्ट एक्सपान्सन पाइप समयमै आपूर्ति गर्न नसकेपछि यसको डिजाइन परिवर्तन गरी आयोजनालाई गति दिइएको थियो ।

    २०६७ मा सुरु गरेर २०७२ सालमा सक्ने भनिएको माथिल्लो तामाकोसी लक्ष्यभन्दा ६ वर्ष ढिला पूरा भएको हो । २०७२ सालमा आएको विनाशकारी भूकम्पले आयोजनास्थलमा क्षति पुर्‍याएपछि निर्माण प्रभावित भएको थियो । सोही वर्ष भएको भारतीय नाकाबन्दीका कारण सामान आयातमा भएको ढिलाइले पनि आयोजनाको निर्माण तालिका प्रभावित बनेको थियो । यीबाहेक भारतीय कम्पनी टेक्सम्याकोले काममा गरेको ढिलाइलाई पनि आयोजना पूरा हुने मिति धकेलिनुको कारक मानिएको छ ।

    आयोजना पुग्न प्रयोग गरिने सिन्धुपाल्चोकको खाडीचौरदेखि चरिकोटसम्मको सडक सुदृढीकरण गर्ने भन्दै वर्षौं अलपत्र पारिँदा आयोजनाका लागि आवश्यक सामान ढुवानीमा समस्या भएको थियो । आयोजनास्थलसम्म पुर्‍याउनुपर्ने पेनस्टक पाइपलाई ठूला सवारीमा राखी लान नसकिएपछि सुनकोसीमा महिनौं राखिएको थियो । लट २ को कामका लागि आयोजना व्यवस्थापन र टेक्सम्याकोबीच दुर्ई अर्बभन्दा बढीको ठेक्का सम्झौता भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑