• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको नेशनल मेडिकल कलेजले परीक्षा फाराम भर्न दिएन

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार ०७:०१
  • २९०९

    वीरगन्ज । नि:शुल्क छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजले परीक्षा आवेदन फाराम भर्न रोकेको छ । सरकारी छात्रवृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै परीक्षा फाराम भर्न नदिइएको हो ।

    पाँचौं वर्षको परीक्षा फाराम बुझाउने मंगलबार अन्तिम दिन थियो । विभिन्न शीर्षकमा शुल्क माग्दै कलेजले फाराम नलिएको रामजीले बताए । कलेजले उनलाई सोमबारसम्ममा ८ लाख ७३ हजार अतिरिक्त शुल्क बुझाउन भनेको थियो । मंगलबार परीक्षा, रजिस्ट्रेसनलगायत शुल्कबापत १ लाख ७३ हजार मागिएको उनले बताए । भर्ना, ल्याब, लाइबेरी, वार्षिक शुल्क मिनाहा गरेर कलेजले अन्य शुल्क मागेको हो । ‘म होस्टल नै बसेको छैन, इन्टरनेट पनि चलाएको छैन तर शुल्क मागिएको छ,’ उनले भने, ‘इन्टरनेट नै जडान नगरेका पंकजसँग ७२ हजार रुपैयाँ मागिएको छ ।’

    मेडिकल कलेजहरूले विद्यार्थीलाई अनिवार्य होस्टलमा राख्ने र इन्टरनेट, खाना, खाजालगायतमा चर्को शुल्क असुल्ने गरेका छन् । ‘कलेजले मागेजति शुल्क लिएर भोलि (बुधबार) १० बजेसम्म फाराम भर्न आउनू भनेको छ,’ उनले भने, ‘फाराम भर्ने म्याद सकिए पनि काठमाडौं पठाउन बाँकी रहेको भनिएको छ ।’ उनीहरूलाई यसअघि पनि कलेजले अतिरिक्त शुल्क माग्दै परीक्षाबाट वञ्चित गर्ने प्रयास गरेको थियो ।

    परीक्षा फाराम भर्न रोकेपछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम र चिकित्सा शिक्षा आयोगले नेसनल मेडिकल कलेजसँग स्पष्टीकरण मागेको छ । स्पष्टीकरणमा आलटाल जवाफ दिएर कलेजले बढी शुल्क माग गर्दै विद्यार्थीलाई अप्ठ्यारोमा पारेको एक प्राध्यापकले बताए । सरकारले नलिन भनेको शुल्क पनि कलेजले उठाइराखेको विद्यार्थीले गुनासो गरे । कलेजका निर्देशक अबिद हुसेन अन्सारीले बढी शुल्क माग्दै विद्यार्थीसँग मोलमोलाई गर्ने गरेको उनीहरूले बताए ।

    चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्ली लुइँटेलले विश्वविद्यालय, डिन कार्यालय र सम्बन्धित कलेजलाई विद्यार्थीको आवेदन फाराम भराएर परीक्षा लिने वातावरण बनाउन निर्देशन दिएको जानकारी दिए । ‘कलेजले परीक्षा आवेदन भराउने कार्य भइरहेको जानकारी दिएको छ,’ उनले भने, ‘परीक्षाबाट वञ्चित गराउन मिल्दैन ।’ आयोगमा उजुरी परेपछि कार्यकारी समितिले तोकेको भन्दा बढी शुल्क नलिन र छात्रवृत्तिमा पढेकाबाट शुल्क नउठाउन निर्देशन दिएको उनले जनाए । आईओएमका डिन दिव्यासिंह शाहसँग थप कुराकानी गरेर विद्यार्थीलाई परीक्षामा सामेल हुने वातावरण मिलाउने आयोगले जनाएको छ ।

    निर्देशक अन्सारीले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । शुल्कबारे सञ्चालक बसरुद्दिन अन्सारीलाई मात्र थाहा हुने उनले बताए । कलेजले सरकारी छात्रवृत्तिमा अध्ययनरत ती छात्रलाई आयोगमा उजुरी गरेको आरोपमा स्पष्टीकरणसमेत सोधेको थियो । उनीहरूले सोमबार स्पष्टीकरण बुझाएपछि मंगलबार बोलाइएको थियो तर परीक्षा आवेदन फाराम भर्न पाएनन् ।यो समाचार कन्तिपुरमा छापिएको  छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑