• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवनबाटै हराइन् अर्की युवती, प्रहरी नियन्त्रणमा प्रेमी

  • वीरगंज संजाल
  • २२ असार २०७८, मंगलवार १६:३०
  • ५१०९

    बिरगंज ।चितवन । नवलपुर जिल्लाको गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता छिन् । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजी जारी रहे पनि कुनै सुराक प्राप्त भएको छैन ।

    बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको बताए ।

    उनले भने, ‘लगातार खोजेका छौँ, चितवन र गैंडाकोट प्रहरीलाई खबर गरेका छौँ । तर, अहिलेसम्म कुनै खोजखबर छैन ।’

    गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो ।

    ‘पीर नगर्नु बुबा म आउँछु भनेकी थिई,’ बुवा जायेश्वर भन्छन्, ‘हराएको राति ३ पटक कुरा भएको थियो । त्यसपछि छोरीको आवाज सुन्न पाएको छैन ।

    अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । गैडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् ।

    ‘गैडाकोटको केटी भए पनि चितवनबाट हराएकाले चितवन प्रहरीले यो केस हेरिरहेको छ,’ उनले भनिन्, ‘कतै लुकेर बसेकी छन् कि भनेर हामी आसपासमा सबैतिर खोजिरहेका छौँ ।’

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले पक्राउ परेका युवाबिनाका प्रेमी भएको खुलेको बताए ।

    घटना के थियो ?
    बिना भरतपुर-४ यज्ञपुरीका सुजन (नाम परिवर्तन) सँग प्रेम सम्बन्धमा थिइन् । फेसबुकमार्फत चिनजान भएको ५ वर्ष भएको थियो । ९ महिना लण्डन बसेका सुजन दाजुको बिहेमा सहभागी हुन वैशाखतिर नेपाल आएका थिए । बेलाबखत विनाको घरमा पुगिरहन्थे । सुजन असार १४ गते खाजा खाएर विनाकै घरबाट साढे बजेतिर निस्केका थिए ।

    अर्की युवती डिना (नाम परिवर्तन) ले स्कूल पढ्दादेखि नै सुजनलाई मन पराउँथिन् । डिना र सुजनको घर करिब १ किलोमिटर आसपासमा पर्छ । सुजनसँगै भएका बेला नयाँ म्यासेज देखेपछि बिनाले नै डिनालाई भेट गराउन दबाब दिइन् । डिनाको घरमा पुर्‍याएर गफिएपछि विना एक्कासी बेहोस बनिन् । सुजनले तत्कालै विनाका बुबालाई गरे ।

    ‘एक्लै नछाड, सँगै ल्याऊ’ बुबाले भने । तर, होस खुलेपछि विना एक्लै चौविसकोठीतिर लागिन् । सुजन स्कुटर लिएर पछि लागे । अन्ततः सुजनले फकाएर विनालाई स्कुटरमा राखे ।चौविसकोठीमा पुर्‍याएपछि चलाएको स्कुटर लैजान साथीलाई बोलाए । घर जान नमानेपछि सुजनले फेरी बुबालाई राति ८ बजेतिर फोन गरे ।

    ‘बाबा म आधा घण्टामा घर आइपुग्छु भनेर छोरीले भने पनि मन ढुक्क थिएन, तिमीले नै ल्याइदेउ, कि मै आउँछु भनेर उसलाई सम्झाएको थिएँ,’ विनाका बुबा जायेश्वर सम्झिन्छन् ।विनालाई ‘एक छिन पर्ख’ भनेर सुजन चौविसकोठीमा रहेको एटीएमतर्फ लागे । सुजनका अनुसार फर्केर आउँदा विना त्यहाँ थिइनन् ।

    ‘बुबा, विना हराइन्’ भन्दै सुजनको फोन पाएपछि बुबा जायेश्वर अटोमा चढेर नारायणगढ आए । सुजन अत्तालिदै अटो चढेर विनाको घरनजिकैको चोकनेर पुगे । फेरि फोनमा कुराकानी भएपछि दुबै भेटिए । राति १२ बजेसम्म सडक छेउछाउमा खोजे, तर भेटेनन् । त्यसपछि बुबाले गैडाकोट प्रहरीलाई खबर गरेर सुजन प्रहरी नियन्त्रणमा परे ।

    विना र सुजन (परिवर्तित नाम) दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसीपमा रहेको इन्फो राखेका छन् । विनाको परिवार सुजनसँग बिहे गराउन तयार थियो । तर, केटापक्ष अहिल्यै बिहे गर्न नहतारिने पक्षमा थियो । केटापक्ष भने यी दुईबीच सम्बन्ध भए-नभएकोबारे अनभिज्ञ रहेको बताउँछन् ।

    ‘यो घटनाबारे म अनभिज्ञ छु, भोलिपल्ट साढे १० बजे तपाईको छोरा यहाँ छ भनेपछि बल्ल थाहा पाएँ,’ सुजनका बुबा भन्छन्, ‘अहिले दुबै परिवारले समन्वय गरेर विनाको खोजी गरिरहेका छौँ ।’

    २३ वर्षिय छोरा अरोपित बनेकाले विना सकुसल फेला परुन् भन्ने कामना गर्दै खोजविनमा लागेका छन् दुवै परिवार । भरतपुर, गैडाकोट, बुटवल लगायतका ठाउँमा खोजी भइरहेको छ ।

    चितवनमै ११ दिनदेखि वेपत्ता भएकी सुजिता भण्डारीको तीन दिनअघि शव फेला परेको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीयले आन्दोलन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑