• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सङ्क्रमण दर उस्तै, निषेधाज्ञा भने खुकुलो

  • वीरगंज संजाल
  • २२ असार २०७८, मंगलवार ०७:३८
  • १८९३

    बिरगंज ।गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई सरकारले खुकुलो बनाएको छ । यद्यपि कोरोना संक्रमण दरमा भने उस्तै रहेको छ |काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो तुल्याएर थप एक साता लम्ब्याउने तयारी गरेको छ । संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्दा दैनिक करिब ९ हजारको हाराहारीमा संक्रमित थिए । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएपछि दैनिक संक्रमितको संख्या २२/२३ सयको हाराहारीमा देखिएको छ ।

    ​स्वास्थ्य मन्त्रालयका अनुसार हाल संक्रमण दर १९.१ प्रतिशत छ । कोरोना संक्रमणको दर अझै करिब २० प्रतिशतको हाराहारीमा रहेकाले जोखिम उच्च रहेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।विगत एक महिनादेखि कोरोना संक्रमण दर २० देखि ३० प्रतिशतको आसपास कायम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ ।

    स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार असार १३ गते अर्थात् गत आइतबार ३१० जना संक्रमित भए भने क्रमशः सोमबार २४७, मंगलबार ३०७, बुधबार यो संख्या बढेर ५१६ पुग्यो । यस्तै बिहीबार ३३६, शुक्रबार २६५ र शनिबार २१५ जनामा संक्रमण पुष्टि भयो ।

    देशभरको संक्रमित संख्यामा स्थिर भए पनि गएको साता यता काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा संक्रमितको संख्या स्थिर देखिएको छैन । काठमाडौं जिल्लामा एक साता यता ८४७ जनामा कोरोना पुष्टि हुँदा ललितपुर जिल्लामा ७१३ संक्रमित देखिएका छन् भने भक्तपुरमा ६३६ जना संक्रमित पाइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

    काठमाडौं उपत्यकामा एकसाता यता संक्रमितको अवस्था

     

    समग्रमा एकसाता यता संक्रमितको संख्या स्थिर

    गत आइतबार देशभर संक्रमितको संख्या १ हजार ९२० मा झरेको थियो । निषेधाज्ञा खुकुलो हुँदै गएपछि सोमबार संक्रमितको संख्या बढेर २ हजार ४४४ पुग्यो । मंगलबार संक्रमितको संख्या बढेर २ हजार ६३६ पुग्यो भने बुधबार २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ ।

    यस्तै, बिहीबार २ हजार ७६०, शुक्रबार २ हजार २९९ र शनिबार २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भयो । जनस्वास्थ्यविज्ञहरु संक्रमणको यो दरलाई स्थिर नै मान्छन् तर ढुक्क हुने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

    एक साताको संक्रमण र परीक्षण अवस्था

    पीसीआर परीक्षणअनुसार संक्रमण दरको अवस्था

    ‘संक्रमण घटाउने काम स्वास्थ्य मन्त्रालयको’

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बाबुराम मरासिनी निषेधाज्ञा अर्थात् बन्दाबन्दीका कारण पछिल्लो समय कोरोना संक्रमणको दर घटेको तर्क गर्छन् । प्रहरीको सहयोग र प्रमुख जिल्ला अधिकारीको निर्देशनमा गरिएको निषेधाज्ञाले कोरोना संक्रमण दर स्थिरजस्तै देखिएको उनको भनाइ छ ।

    ‘कोरोना संक्रमितको पहिचान, उपचार, नियन्त्रण गर्ने काम स्वास्थ्य मन्त्रालयको हो,’ उनी भन्छन्, ‘प्रमुख जिल्ला अधिकारी र प्रहरीको सहयोगमा लामो समयसम्म निषेधाज्ञा जारी गरेरमात्रै संक्रमण कदापि घट्दैन ।’

     

    कोरोना नियन्त्रणका लागि सरकारसँगै स्वयम् नागरिकको पनि महत्त्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे । नियन्त्रणकै लागि कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिनुपर्ने उनले बताए । उनले कोरोना संक्रमणको हटस्पट क्षेत्र पहिचान गरेर निषेधाज्ञा जारी गर्नुपर्ने सुझावसमेत दिए ।

    ‘सबै ठाउँमा एकै प्रकारको निषेधाज्ञा जारी गर्दा सीडीओलाई मानवअधिकार विरुद्धको मुद्दा लगाउने बेला आउन लाग्यो,’ उनी भन्छन्, ‘बन्दाबन्दीले गरिखाने धेरैमा रोगसँगै भोकको चिन्ता र त्रास सिर्जना भयो ।’

    परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र एक्टिभ सर्भेलाई तीव्रता दिएर संक्रमणको हटस्पट पहिचान गरी त्यस्तो क्षेत्रमा मात्र सरकारले निषेधाज्ञा जारी गर्नुपर्ने उनको भनाइ छ । कोरोना संक्रमितलाई होमआइसोलेशन, संक्रमणको लक्षण देखिएकालाई तत्काल परीक्षणको व्यवस्था नमिलाएसम्म र नागरिकले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म यसलाई नियन्त्रण गर्न कठिन हुने उनी बताउँछन् ।

    ‘सरकारले तत्काल खोप खरिद गरे पनि सबै जनसंख्यालाई एकैपटक दिन नसक्ने भएकाले कोरोनाविरुद्ध खोप आउँछ भनेर जनस्वास्थ्यका मापदण्ड पालना गर्न भुल्न हुँदैन,’ उनी भन्छन्, ‘खोप लगाएकालाई संक्रमणको जोखिम कम भए पनि अरुलाई सार्ने जोखिम उत्तिकै हुने भएकाले खोप लगाएका मानिसले पनि पूर्ण रुपमा सुरक्षाका मापदण्ड पालना गर्नैपर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑