• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका ठोरी गाउँपालिका, जगरनाथपुर, धोबिनी, कालिकामाई, बिन्दबासिनी, जिरा भवानी र पटेर्वा सुगौली गाउँपालिकाले हालसम्म बजेट आएन

  • वीरगंज संजाल
  • २१ असार २०७८, सोमबार २२:४५
  • ७४४९

    बिरगंज । भागबण्डा नमिल्दा पर्साका सात स्थानीय तहले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन्। पर्सामा रहेका १४ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहले हालसम्म पनि अगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन नसकेका हुन्।

    जिल्लाको ठोरी गाउँपालिका, जगरनाथपुर, धोबिनी, कालिकामाई, बिन्दबासिनी, जिरा भवानी र पटेर्वा सुगौली गाउँपालिकाले हालसम्म बजेट ल्याएका छैनन्। स्थानीय तह सञ्चालन ऐन अनुसार असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्छ। तर, यहाँका स्थानीय तहहरुमा भागबण्डा र जनप्रतिनिधिहरुको आपसी मनमुटावले बजेट समयमै आउन सकेको छैन।

    हालसम्म पनि बजेटको पर्याप्त तयारीसमेत नगर्नुको मुख्य कारण पालिकाहरुमा जनप्रतिनिधिहरुबीचको मनमुटाव, बजेटमा भागबण्डा नमिल्नु र केही पालिकाहरुमा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद रहेको जनप्रतिनिधिहरु नै बताउँछन्।

    गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कुराकानी नमिल्दा नै समयमा बजेट ल्याउन नसकिएको धोबिनी गाउँपालिकाका उपाध्यक्ष पारसप्रसाद कुर्मीले जानकारी दिए। पछिल्लो दुई महिनादेखि अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद चलिरहेकोले विकासको काम पनि ठप्प रहेको र बजेट पनि ल्याउन नसकिएको कुर्मीले बताए।

    ‘हाम्रो गाउँपालिकाका अध्यक्ष र अधिकृतबीच दुई महिनादेखि विवाद चलिरहेकोे छ,’ उनले भने, ‘त्यही विवादका कारण अधिकृतको सरुवा गराउन अध्यक्ष दुई महिनादेखि काठमाडौँमै छन्, अनि बजेट पनि ल्याएका छैनन्।’

    गाउँपालिकामा पहिलेदेखि नै विकासको काममा ध्यान नदिइएको तथा बजेटमा व्यापक रुपमा अध्यक्ष र प्रशासकीय अधिकृतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप कुर्मीको छ। बजेट ल्याउन अध्यक्षले निकै हारगुहार गरेको तर, आफूसहितका जनप्रतिनिधिले त्यसमा विरोध जनाएको उनको भनाइ छ।

    समयमै बजेट ल्याउन आफूले माग गरेको भएपनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कोभिडको बहाना बनाएर समयमै बजेट नल्याएको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारुले बताइन्। अगामी असार २४ गते भने बजेट नीति तथा कार्यक्रम ल्याउन बैठक डाकिएको उनको भनाइ छ।

    ‘हामीहरुले बजेट ल्याउन माग गरेपनि गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतकै कारणले समयमा बजेट आउन नसकेको हो’, उनले भनिन्, ‘अगामी असार २४ गते नीति तथा कार्यक्रम ल्याउने बैठक राखिएको छ, त्यसपछि गाउँसभा गर्ने तयारी छ।’

    बजेटको तयारी अन्तिम चरणमा रहेको भन्दै अगामी आर्थिक वर्षको बजेट सकेसम्म छिटै ल्याउने कालिकामाई गाउँपालिकाका कार्यवहाक अध्यक्ष राजेश रौनियारले जानकारी दिए। बजेटको लागि चाहिने सबै कुराहरुको तयारी भइरहेकोले छिटै गाउँपालिकाले गाउसभामार्फत बजेट सार्वजनिक गर्ने उनको भनाइ छ।

    पर्साका १४ मध्ये बाँकी सात स्थानीय तहहरुले असार १० गतेभित्र नै अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्। वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई, पोखरिया, सखुवा प्रसौनी गाउँपालिका, छिपहरमाई र पकहा मैनपुर गाउँपालिकाले बजेट ल्याइसकेका छन्।राम मण्डल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑