नयाँ दिल्ली | भारतको काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) को एउटा नयाँ अध्ययनमा थोरै चिन्ताजनक कुरा सार्वजनिक भएको छ ।उक्त अध्ययनमा कोभिशिल्ड खोपको दुबै डोज लिएकाहरुमा १६ दशमलव १ नमूनामा डेल्टा भेरियन्ट (बि १.६१७.२) विरुद्ध एन्टिबढी पाइएन ।एक डोज मात्र लिने ५८ दशमलव १ प्रतिशत मानिसमा एन्टीबडी थिएन ।
यद्यपि, भेल्लोरस्थित क्रिश्चियन मेडिकल कलेजमा माइक्रोबायोलोजी डिपार्टमेन्टका पूर्व हेड डा.ज्याकब जोनले भनेका छन्–‘एन्टिबडी नदेखिनु तथा एन्टिबडी नहुनु, दुबै एउटै कुरा होइनन् । हुनसक्छ, एन्टिबडी छ, तर अति कम छ, जसलाई फेला पार्नै सकिन्न । यद्यपि, त्यसपछि पनि उक्त व्यक्तिलाई गम्भिर संक्रमणबाट बचाउन सकिन्छ ।’
बूस्टर डोजको आवश्यकता
डा.जोन भन्छन्–‘उक्त अध्ययनका लागि जुन सीरम लिइएको थियो, त्यो स्वस्थ व्यक्तिहरुका थिए । अर्थात जो व्यक्तिहरुमा एन्टिबडी देखिएन, कि त उनीहरु ज्येष्ठ नागरिक हुन् अथवा उनीहरु पहिला देखि नै कुनै गम्भिर बिरामी छन्, किनभने उनीहरुको इम्युन रेस्पोन्स कम छ । यसको अर्थ के हुन्छ भने ६५ वर्षभन्दा माथिका पुरुष (महिलाहरुमा एन्टिबडी देखियो), जो डाइबिटिज, हाइपर टेन्सन, मुटु, फोक्सो तथा किड्नीको रोगसंग जुधिरहेका छन्, उनीहरुलाई एउटा तेस्रो डोज पनि दिनु पर्दछ ।’
उक्त अध्ययनका अनुसार केही मानिसहरुलाई बूस्टर डोजको आवश्यकता पर्न सक्छ, यद्यपि जो व्यक्ति कोभिडबाट मुक्त भएका छन्, उनीहरुलाई एउटै डोज पनि पर्याप्त हुन्छ ।अध्ययनका अनुसार एन्टिबडीको टाइट्रेस, जसले कोरोना भाइरसलाई मार्छ, त्यो डेल्टा भेरियन्टका बिरुद्ध बि १ भेरियन्टको तुलनामा कम थियो ।
बि १ को तुलनामा डेल्टा भेरियन्टका विरुद्ध एन्टिबडी टाइट्रेस खोपको एक डोज लिने मानिसहरुमा ७८ प्रतिशत कम, दुई डोज लिनेहरुमा ६९ प्रतिशत कम थियो ।यसबाहेक संक्रमित भैसकेका तथा एक डोज खोप लिनेहरुमा ६६ प्रतिशत कम थियो ।यसका साथै जो व्यक्तिहरुलाई संक्रमण भएको थियो र उनीहरुले दुबै डोज लिएका थिए, उनीहरुमा ३८ प्रतिशत कम थियो ।