बीरगन्ज | सवधानी अपनाउँन नसक्दा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरमा शुक्रवार राति आगलागी भएको छ ।
लामखुट्टे धपाउन बालिएको घुरबाट शुक्रवार राति आगलागी हुँदा स्थानीय बृजकिशोर यादवको घर र गोठ पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै ३ वटा चौपायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट ३ लाखभन्दा बराबरको क्षती भएको स्थानिय प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीका अनुसार आगलागीमा परी २ वटा चौपाय घाइते भएका छन् । आगोलाई करिब ३ घण्टापछी स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।