वीरगन्ज । वर्षामा हाम्रो स्किन बारम्बार भिज्ने भएका कारण हामीले यसलाई जाेगाउन ध्यान दिन एकदम जरुरी छ । हामी मेकअप मात्र गरेर सुन्दर देखिने भन्दा पनि स्वस्थ बनाउने तर्फ केयर गरौँ । सरसफाईमा ध्यान दिने: वर्षाको मौसममा तपाईले हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् ।
टोनिङ गर्नु: वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्नुहोस् ।
मोश्चराइजेशन गर्नु: वर्षामा छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक–पटक पानीमा भिज्दा छाला खस्राे वा सुक्खा भइसकेको हुन्छ । यस्तोमा मोश्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल नभएकाे मोश्चराइजर लगाउनुहोस् ।ड्राइ रहनु: वर्षामा हामी ओसिलो हुन्छौं । यस्तोमा संक्रमणाको खतरा हुन्छ । सम्भव भएसम्म आफ्नो छालालाई ओसिलो नबनाउनु होस् ।घामबाट बच्नु: पानी परिसकेपछि जब घाम लाग्छ, त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परिकसेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्कीन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई सुरक्षित राख्छ ।
(एजेन्सीको सहयोगमा)