बारा । बारामा ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गरिएको छ। जिल्ला प्रहरी कर्यालय बारा बाट खटिएको टोलिले ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेका छन ।
बारा जिल्ला अन्तर्गत महागढीमाई नगरपालिका (गंजभवानीपुर) , बारागढी गाउँपालिका (दौर्वा, बिशुनपुर्वा), आदर्श कोतवाल गाउँपालिका (बतरा, टेढाकट्टी) लगायतका स्थानहरूमा लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने प्राप्त सूचनाको अधारमा आज ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गरिएको छ।
आज बिहिवार बिहान अं. १०:०० बजे जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट प्रहरी टोली खटी अवैध घरेलु मदिरा उत्पादन गर्ने १७ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ अ.९,०००।- लिटर , तयारी मदिरा ६०० लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका सामानहरू समेत नष्ट गरिएको छ ।