बारा | बारामा करेन्ट लागेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ।करेन्ट लागेर कलैया उपमहानगरपालिका–१४ बघुवन टोल बस्ने ४५ वर्षका मदन लाल जैसवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान सवा आठ बजे आफ्नै घरको धारामा मोटरको तार जोडने क्रममा करेन्ट लागि जैसवाल घाइते भएका थिए।
उनलाई उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटेमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।मृतकको शवलाई कलैया अस्पतालमा राखिएको मिश्रले बताए।