रौतहट | रौतहटमा धान रोप्दारोप्दै एक युवकको मृत्यु भएको छ। गौर नगरपालिका–४ टीकुलिया बस्ने धोरा चन्द्रबंशीका २५ वर्षीय छोरा प्रमोद चन्द्रवंशीको धान रोप्दा रोप्दै मृत्यु भएको हो । बुधबार चन्द्रवंशी टिकुलिया गाउँभन्दा पश्चिमतर्फ रहेको लालबकैया नदी पारी धान रोपाई गर्न गएका थिए ।
धान रोप्ने क्रममा उनको लडेर मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताएका छन् ।
मृतक चन्द्रवंशीको शव पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।