• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महन्थ ठाकुरको निष्कर्ष : नेकपाजस्तै हामी पनि आ–आफ्नो बाटो लागौँ !

  • वीरगंज संजाल
  • १६ असार २०७८, बुधबार २२:२३
  • २९४५

    वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवसँग काम गर्न नसकिने भएकाले पार्टीमा किचकिच गर्नुभन्दा राम्रोसँग सल्लाह गरेर अलग हुन उपयुक्त हुने अधिकांशको सदस्यको धारणा रहेको ती नेताले रातोपाटीलाई जानकारी दिए । जसलाई जता मन लाग्छ, उता जान स्वतन्त्र छाडिदिनु पर्ने विषयमा पनि छलफलमा कुरा उठेको उनको भनाइ छ ।दुवै पक्षको बीचमा देखिएको विवादलाई समाधान गर्न आयोगले छलफलका लागि दुवै पक्षलाई असार २२ गते बोलाएको छ । त्यहाँ हुने छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुरको पक्षबाट यही प्रस्ताव जाने बताइएको छ ।

    यता, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले भने आजको बैठकमा निर्वाचन आयोगमा आफ्नो पक्षको रणनीति तय गर्ने बारे छलफल भएको रातोपाटीलाई बताए । ‘पार्टीको विवादको बारेमा के गर्ने नगर्ने विषयमा आज छलफल भयो । आजको छलफल सामान्य र अनौपचारिक हो,’ उनले भने, ‘पार्टीमा देखिएको विवादको समाधानका लागि आयोगले बोलाएको छ । त्यहाँ हुने छलफलबाट के निष्कर्ष निस्किन्छ त्यसैको आधारमा अगाडि बढ्ने कुराकानी भएको छ ।’

    निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले निवेदन दिएका छन् । सो निवेदनबारे जानकारी गराउँदै आयोगले महन्थ ठाकुरलाई आफ्नो पक्षबाट प्रमाणहरू पेस गर्न पत्र पठाएको थियो । जवाफमा अध्यक्ष ठाकुरले आफ्नो पक्षमा बहुमत रहेको र बहुमतका आधारमा पार्टी आफूहरूको हुनुपर्ने तर्कसहित निर्वाचन आयोगमा पत्र पठाएका छन् ।दुवै पक्षको आ–आफ्नो दाबी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो । सो छलफलमा पार्टी नै अलग गर्ने प्रस्ताव महन्थ ठाकुरबाट जाने बताइएको छ । असार २२ गते निर्वाचन आयोगमा जानुभन्दा पहिले शनिबार १९ गते पुनः कार्यकारिणी समितिको बैठक बोलाउने भनिएको छ ।

    आजको बैठकमा पार्टीमा विवादपछि अर्का अध्यक्ष उपेन्द्र यादव भने एकतर्फी रूपमा सङ्गठन निर्माण गरिरहेको र त्यसमा आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरूलाई निकालिरहेको कुरा अध्यक्ष ठाकुरले धारणा राखेका थिए । प्रदेश तथा जिल्लाहरूमा यादवले सङ्गठन निर्माणका कामहरू गरिरहेको तर त्यसमा पूर्वाग्रही ढङ्गबाट आफू पक्षका नेताहरूलाई कारबाही गर्ने र निकाल्ने भइरहेको जानकारी अध्यक्ष ठाकुरले बैठकलाई गराएका थिए ।

    यादवको क्रियाकलापलाई काउन्टर दिन आफ्नो पक्षबाट पनि सङ्गठन निर्माणका लागि गतिविधिहरू गर्नुपर्ने कुरा बैठकमा उठेको थियो । यादवले जसरी एकतर्फी रूपमा यताबाट सङ्गठन निर्माणका लागि कार्यहरू गर्नुपर्ने बैठकमा सुझाव आएको बैठकमा सहभागी नेताको भनाइ छ । सुझाव अनुसार अध्यक्ष ठाकुरले एउटा कार्यदल नै गठन गर्ने प्रस्ताव गरेको बताइएको छ । शनिवार बस्ने बैठकबाट सङ्गठन निर्माण तथा सुदृढीकरणका लागि एउटा कार्यदल गठन गरिने भएको छ ।

    आजको बैठकमा पनि कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव, अमृता अग्रहरी उपस्थित थिएनन् । उनीहरूको प्रतीक्षामा १ बजे बस्ने भनिएको बैठक २ बजेपछि ढिलो गरी सुरु भएको थियो । ठाकुरले कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो तर्फबाट २० जना राखेका थिए । ती २० जनामध्ये धेरै जना आज बैठकमा अनुपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑