वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुमरवानाका ७४ बर्षीय पुरुष कोरोना संक्रमितको हिजो दिउँसो १ बजे मृत्यु भएको हो ।
असार ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको असार ९ गते स्वाब नमूना लिएर पीसीआर परीक्षण गर्दा असार १० गते कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।
कडा खालको निमोनिया भएको उनको कोरोना संक्रमणले मृत्यु भएको डाक्टर सिंहले बताउनुभयो ।