• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा सुबिसुको सेवाको नाममा ब्रम्हलुट,भिडियो सहित

  • वीरगंज संजाल
  • १४ असार २०७८, सोमबार ०९:०५
  • १६७२९

    पर्सा । अहिलेको युग इन्टरनेटको युग हो । इन्टरनेट र साइबर क्राइमका कारण आम नागरिकले सास्ती पाएका छन् । पछिल्लो समय इन्टरनेटको दुरुपयोगलाई प्रहरीले कानुनी कठघरामा ल्याउन थालेको छ । तर इन्टरनेट सेवा दिने संस्थाको दुरुपयोगका बारेमा कस्ले कारबाहि गर्ने अन्योल छ । इन्टरनेट सेवाका नाममा आम नागरिकको चासोलाई संबोधन गर्दै विरगंज संजाल टिमले बिभिन्न संचार माध्यमको सहयोगमा समाचार जुटाएको छ ।

    पर्साको बिन्दावासिनी गाउँपालिका निवासी सुधिर पण्डितले जेष्ठ ९ गते आफ्नो घरमा सुबिसुको ईन्टरनेट जडान गराए। ईन्टरनेट जडान गरेको १० दिन नबितदै काम गरेन। ईन्टरनेट काम गर्न छाडेपछि उनले ईन्टरनेट जडान गर्ने सुबिसुकै कर्मचारी बिकास भन्ने कर्मचारीलाई फोने गरे बिकासले भने भोलि आएर हेरि दिन्छु। पण्डितले भोलिपल्ट फेरि बिकासलाइनै फोन गरे। प्रतिक्रिया हिजोको जस्तै आयो “भोली। यो भोलि भन्ने शब्द बिकासबाट लगातार ६ दिन सम्म प्रयोग भयो। त्यसपछि सातौ दिन फोन गर्दा यो त मेरो काम नै होइन भनेर प्रतिकृया आयो। फेरि पण्डितले सोधे कसरी? अनि कर्मचारी बिकासले भने ” तपाईको पोखरिया आउट्लेटमा पर्छ म त बिरगंज आउटलेटमा काम गर्छु। त्यसैले पोखरिया आउट्लेट्मा कल गर्नुस्।” पहिला लगातार ६ दिन सम्म भोलि आउछु भने अनि सातौ दिन यो त मेरो काम होइन। त्यसपछि पण्डितले पोखरिया आउटलेट लाई पनि ४ दिन सम्म सयौ चोटि फोन गरे ४ दिन पछि पोखरिया आउट्लेट्ले आफ्नो एउटा कर्मचारी पठायो।

    कर्मचारीले आएर जाछ गर्दा मेसिन ल्याउनु पर्छ भनेर भने अनि गए। ईन्टरनेट नचलेको ३ हप्ता भन्दा बढी भइ सक्यो। पण्डितले सुबिसुको हेड अफिस र पोखरिया आउट्लेटलाई हजरौ चोटि फोन गरे तर कल फोरवार्ड र भोलि भन्नू बाहेक सुबिसुले केही पनि गर्न जानेको छैन।सुबिसुको अधिकान्स ग्राहकहरुको यी र यस्तै गुनासोहरु छन त्यसैले यसको बिरोधमा एकजुट भइ आवाज उठाउन जरुरी देखिन्छ भनेर सुबिसु प्रयोगकर्ता हरु लाई पिडित सुधिर पण्डितले गुनासो र प्रतिक्रिया दिएका छन।

    यी माथिका केही उदाहरण मात्रै हुन् । वास्तविकता त्योभन्दा अझ जटिल छ । २०५९ साउनबाट सुरु भएको सुबिसुले त्यसको दुई वर्षपछि सुबिसु केवल नेट सेवाको सुरुवात गरयो तर सुविधा र सेवा पुरयाउनसकेन । हाल सुबिसुका लगभग ५० हजार ग्राहक छन् तर सन्तुष्ट ग्राहक भेट्न मुस्किल पर्दछ ।सुबिसुको सपोर्ट सेन्टरमा आउने हजारौँ कम्प्लेन र सामाजिक सञ्जालमा प्रकट गरिएको असन्तुष्टि यसको उदाहरण हो । तपाईंले फेसबुक पेजको ‘सर्च अप्सन’मा गएर सुबिसु ‘सर्च’ गर्नुभयो भने आउने हजारौँ प्रतिक्रियामा सुबिसुलाई गाली नगरिएको र राम्रो भनेको एउटा पनि प्रतिक्रिया भेटाउनुहुन्न ।

    यसरी हुन्छ ठगी

    सामान्यतया इन्टरनेट सेवाप्रदायकले विभिन्न योजना, सिस्टम र आकारअनुसार इन्टरनेट प्रदान गर्दछन् । इन्टरनेटको गति÷त्यसको आकारअनुसार भिन्दाभिन्दै अफर र लागत हुन्छ ।कुनै उपभोक्ताले एक एमबीको डेडिकेटेट अनलिमिटेड सेवा खरिद गर्दछ भने उपभोक्ताले उक्त समयमा एक एमबी गतिकै नेट विना रोकतोक प्राप्त गर्नुपर्दछ तर वास्तविकतामा एक एमबीको ‘स्पिड’ भने पनि उपभोक्ताले उक्त ‘स्पिड’ पाउँदैनन् । जुन सरासर ठगी हो । ‘डेडिकेटेट’ भन्नाले जति इन्टरनेट सेवा प्रदायकसँग खरिद गरिएको ‘स्पिड’ छ त्यति नै ‘स्पिड’को इन्टरनेट उपभोक्ताको ‘मोडेम’मा प्राप्त हुनु हो ।एक एमबी स्पिडको डेडिकेटेड इन्टरनेट भनिएको सेवा तपाईंले खरिद गर्नुभएको छ । तर पाँच सय केबीको सर्भिस पाउनुहुन्छ भने त्यो सरासर ठगी हो। तपाईंहरुको सेवा सुविधाको त धेरै कम्प्लेन आउँछ नि, अनि समस्या पनि दिनकै दोहोरिन्छ भन्दा टेक्निकल कुरामा समस्या आउनु नर्मल कुरा हो सपोर्ट त हामी गर्दै छौँ नि भनियो ।सामान्य भाषामा बुझ्नुपर्दा भनेजति सेवा र सुविधा प्रदान नगर्ने वा गर्न नसक्ने, तर त्यही सेवा र सुविधाको नाममा सम्पूर्ण पैसा लिने भनेको ठगी गर्नु हो । नाम नराख्ने शर्तमा सुबिसु सपोर्टका एक स्टाफले भने के गर्नु हजुर गाह्रो छ । कम्प्लेन टिपेर भ्याइन्न एउटै कम्प्लेन दोहोरिएर कति गाली खाइन्छ । सिस्टममा नै समस्या छ, हामीले चाहेर के गर्ने ?

    समस्या सबैमा

    नेपालमा ईन्टरनेट सेवा दिने अधिकांस सेवा प्रदायक खरिद गरे जतिनै ईन्टरनेट उपलब्ध गराउदैनन् वा गराउन सक्दैनन् ।सेवा र सुविधाको नाममा पैसा लिने तर, पैसा अनुसारको सेवा नदिने कम्पनि को बदमासी हो । सबै उपभोक्ता आफुले खरिद गरे अनुसारको सेवा प्राप्त भएको छ कि छैन भनेर जाँच्न नसक्ने साथै थाहा भएपनि कसलाई के भन्ने जानकारी नपाएकाले पनि उपभोत्ता ठगिएका छन् ।

    समस्या टिपाएको हप्तौंसम्म नेट विहीन

    च्याउसरी खोलिएका इन्टरनेट सेवाहरुले अकार्षक विज्ञापन गरेर आफ्नो कम्पनीको इन्टरनेट जोड्न मरिहत्ते गर्ने गरेका छन् । यो मामिलामा सुविसु पनि अग्रपंक्तिमै रहेको छ । आफूलाई अब्बल दर्जाको दावी गर्ने सुविसुले यतिबेला थुप्रै उपभोक्तालाई राम्रो सेवा दिन नसकेर हत्तुहैरान भएको समाचार प्राप्प भएको छ । सामान्यतया इन्टरनेटसेवा प्रदायकले विभिन्न योजना, सिष्टम र आकार अनुसार इन्टरनेट प्रदान गर्दछन् । इन्टरनेटको गति÷ त्यसको आकार अनुसार भिन्नाभिन्नै अफर र लागत हुन्छ ।

    कुनै उपभोक्ताले एक एम.वी.को डेडिकेटेड अनलिमिटड सेवा खरिद गर्दछ भने उपभोक्ताले उक्त समयमा एक एम वी गतिकै नेट विना रोकावट प्राप्त गर्नु कुनै उपभोक्ताको अधिकार हो । तर वास्तविकतामा एक एम वी.को ‘स्पिड’ भनेपनि उपभोक्ताले उक्त ‘स्पिड’ पाउँदैनन् । जुन सरासर ठगी हो । यो कार्यमा सुविसु पहिलो पंक्तिमा देखिएको छ । तपाईहरुको सेवा सुविधा अपुग भएकोबारेमा धेरै समस्या आउँछ नि रु भन्ने प्रश्नमा कम्पनीको जवाफ छ– टेक्निकल कुरा हो, त्यसैले समस्या आउनु नर्मल कुरा हो, सपोर्ट त हामी गर्दै छौं नि भन्ने गरिन्छ । तर,व्यवहारमा माखो मार्ने काम हुन्छ ।

    वोर्ल्द्लिंकमा पनि समस्या

    इन्टरनेटका नाममा लुट मच्चाइरहेको वोर्ल्द्लिंकको कथा पनि भनि साध्य छैन् । सेवाका नाममा आम नागरिकबाट खुलेआम लुट मच्चाउँदा यी संस्थाको दुरुपयोग रोक्ने को हो स्वयम् प्रहरी नै अनबिज्ञ छ । इन्टरनेट सेवामा सेवाग्राहीलाई सास्ती दिएको भाय नेटले भ्याट समेत छलि गरेको बुझिएको छ ।कतिपय समयमा दुई दिन तिन दिन सम्म पनि नेट सेवा समस्या आए पनि सो दिनको समेत शुल्क असुल्दै आएको भाय नेटका सेवा ग्राही चिन्तामा परेका छन् । यसरी आम नागरिकलाई सास्ती दिनेमा सुबिसु ,वोर्ल्द्लिंक लगायत रहेका छन् । भाय नेटका थप कर्तुतका बारेमा वीरगंज संजालको खोजी जारी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑