• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कम्प्युटरमा काम गर्दा आँखाको थकान कसरी हटाउने ?

  • वीरगंज संजाल
  • १२ असार २०७८, शनिबार १७:१५
  • ३१४१

    वीरगन्ज । लकडाउनका कारण अहिले आम मानिसहरूले अरू समय भन्दा बढी समय कम्प्युटर, ल्यापटप, मोबाइल, टेलिभिजनमा बिताउन थालेका छन् । कार्यालय, स्कुलहरू नखुलेको कारण घर बाटै काम र पढ्ने काम भइरहेको छ । यस्तै घरबाट बाहिर निस्कन नमिल्ने अवस्था रहेको कारण समय बिताउन पनि अधिकांशले यस्ता इलेकट्रोनिक साधनहरुनै बढी प्रयोग गरिरहेका छन् ।

    लगातार इलेकट्रोनिक उपकरणलाई हेर्दा आँखामा थकान देखिनु अहिले सामान्य जस्तै हुदैं गएको छ । तर आँखा रोगका विशेषज्ञहरूले निरन्तर यस्ता ग्याजेटको प्रयोग गर्नाले निकट भविष्यमा आँखा सम्बन्धी विभिन्न किसिमका समस्याहरू आउने चेतावनी पनि दिएका छन् ।

    आँखालाई खतरा हुन्छ भनेर काम छोड्न पनि नमिल्ने अवस्था भएको कारण यस्ता उपकरणलाई घन्टौँ प्रयोग गर्ने प्रयोगकर्ताले केही समय आँखालाई विश्राम दिएर विभिन्न कार्यहरू गर्नाले आँखालाई धेरै भार नपर्ने बताउँछन् । यसरी आँखाको थकानलाई कम गर्न केही घरेलु उपायहरू पनि रहेका छन् जसको मद्दतले लामो समय यस्ता किसिमका ग्याजेटमा काम गर्ने व्यक्तिहरूले प्रयोग गर्दा आँखालाई धेरै नै फाइदा हुने देखिन्छ ।

    चिसो पानीले आँखा धुने

    लामो समय कम्प्युटर वा मोबाइलको स्क्रिनमा हेर्दा आँखा दुख्ने र पोल्ने समस्या हुन्छ । यस्तो काम लगातार गरेर यदि तपाईँको आँखा पोल्ने र दुख्ने गरेको छ भने चिसो पानीको प्रयोग गर्न सक्नुहुन्छ । लगातार काम गरिरहनु भएको छ भने केही समय कामलाई विश्राम दिएर फ्रिजमा राखेको वा सफा चिसो पानीलाई आँखामा छ्याप्ने गर्नुहोस् । यो कार्यले तपाईँको आँखा दुख्ने र पोल्ने समस्यालाई धेरै राहत दिन्छ । यसरी चिसो पानी आँखामा छ्याप्दा तपाईँलाई भएको मानसिक तनाव पनि केही कम हुन्छ ।

    तुलसी र पुदिनाको पात

    तपाई कम्प्युटर वा मोबाइलमा लामो समय काम गरिरहनु भएको छ भने अघिल्लो दिन तुलसी र पुदिनाको पातलाई सफा पानीमा भिजाएर राख्नु होस् । भोलि पल्ट कम्प्युटरमा लामो समय काम गरेपछिको विश्रामको समयमा उक्त पानीमा सफा कटनको कपडालाई भिजाउनु होस् । यसरी भिजाएको कपडाले आँखालाई छोपेर केही समय बस्नुहोस् । बेला बेलामा यो काम गर्नाले तपाईँको आँखा पोल्ने र आँखामा हुने थकानको समस्यालाई धेरै नै राहत दिन्छ ।

    गुलाब जल

    कम्प्युटर वा ल्यापटपमा घन्टौँ काम गर्दा तपाईँको आँखा पोल्ने वा थकान हुने समस्या छ भने गुलाब जलले पनि यस्ता किसिमका समस्याहरूलाई समाधान गर्छ । एक कचौरा सफा चिसो पानीमा थोरै गुलाब जल मिलाउनु होस् । उक्त घोललाई सफा कपडा वा कपासमा भिजाएर आँखामा ५ मिनेट राख्नुहोस् । यसरी घन्टौँ ग्याजेटमा बसेर काम गर्नुहुन्छ भने कामको विश्राममा तपाईँले यो कार्यलाई नियमित गर्नाले आँखामा हुने समस्यालाई धेरै कम गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑