• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एकै दिन दुबईबाट भित्रिँदै चार सय किलो सुन!

  • वीरगंज संजाल
  • १२ असार २०७८, शनिबार १५:११
  • ४५९७

    वीरगन्ज । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु हुने भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो।निषेधाज्ञाका कारण रोकिएको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै सुरु हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकाका तीनसहित ७५ जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा जारी गरेका थिए। मंगलबारदेखि उपत्यकासँगै अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ।

    पसल खोल्न पाइने भएपछि व्यवसायीले सुन माग गरेका छन्। यसपटक संघले निषेधाज्ञा अवधिमा पनि सुनचाँदीको कारोबार मूल्य निर्धारणको काम बन्द गरेको थिएन। बैंकहरुले भित्र्याउने सुन महासंघको समन्वयमा व्यवसायीले खरिद गर्ने गरेका छन्। लामो समयदेखि रोकिएको सुनको आयात अन्तर्राष्ट्रिय हवाई उडान खुल्दा पहिलो फ्लाइटबाटै थाल्ने तयारी भएको बैंकर एसोसिएसनकी सूचना अधिकारी सविना श्रेष्ठले बताइन।

    ‘सोमबारदेखि काठमाडौं-दुबई सीधा उडान खुल्ने भनिएको छ। मिलेसम्म पहिलो दिन नै सुन आयात हुनेछ,’ उनले भनिन्, ‘आयातका लागि सबै तयारी गरेर बैंकहरु उडान खुल्ने प्रतीक्षामा छन्।’ हालका लागि वागमती अञ्चल भित्र र बाहिरका लागि करिब ४ सय केजी सुन आयात गर्ने तय भएको जानकारी उनले दिइन। उक्त सुन ५० प्रतिशत उपत्यकाभित्र  र ५० प्रतिशत बाहिर जिल्लाका व्यवसायीले उठाउन पाउने छन्। अहिले ८ वटा बैंकले ५०/५० केजीका दरले सुन आयात गर्न लागेका हुन्। यसअघि संघले बैंकहरुलाई आलोपालो गरी सुन आयात गर्ने व्यवस्था मिलाएको थियो। निषेधाज्ञा अघि केही बैंकले सुन आयात गरिसकेको हुनाले अहिले बाँकी रहेका बैंकहरुलाई आयात गर्न इजाजत दिइएको छ। जसमा चार बैंकले उपत्यका भित्रका लागि र चार वटाले बाहिरका जिल्लाका लागि ल्याउने भएका छन्। एसोसिएसनका अनुसार नबिल, सिद्धार्थ, बीओके लगायत अन्य ५ वटा बैंकले सुन आयात गर्ने गरेका छन्।

    कोभिडका कारण अन्तर्राष्ट्रिय हवाई उडान रोकिएपछि सुन आयात प्रभावित बनेको थियो। अहिले ५४ दिनपछि सुनचाँदी व्यवसाय संचालनमा आएसँगै बजारमा कारोबारका लागि सुन अभाव  रहेको व्यवसायीहरुले बताएका छन्। लामो समयदेखि आयात नहुँदा यतिबेला बजारमा किनबेच गाह्रो परिरहेको छ। बैंक र सुनचाँदी व्यवसायीहरुसँग पनि स्टक नभएको भन्दै महासंघले पहिलो लटमै ४ सय केजी सुन ल्याउन पहल गरेको जनाएको हो।वैशाखसम्म दैनिक २० केजी आयात भइरहेको थियो। अहिले ल्याउन लागेको सुन निषेधाज्ञाले रोकिएको सुन हो। जसमा ४ सय केजी सुन करिब २० दिनको आयात परिमाण छ। पहिलो लट आयात भएपछि बाँकी आठ सय केजी सुन पनि क्रमिकरूपमा भित्र्याइने महासंघले जनाएको छ।निषेधाज्ञा अघि करिब ६ सय केजी सुन आयात गरी सातै प्रदेशमा वितरण भएको थियो। वितरणपछि बैंकमा सुन स्टक नहुँदा केही दिन अघिबाट महासंघले आयातको पहल गरिरहेको थियो।

    सुन आयात नियमित भएपछि महासंघको कार्य तालिका अनुसार बिक्री वितरण हुने अध्यक्ष माणिकरत्न शाक्यले बताए। ‘सुनको आयात दैनिक २० केजीका दरले हुन्छ। गत वर्ष जस्तो बजारमा खपत नभएको भनेर कोटा घट्दैन,’ उनले भने, ‘आयात भएको सुन पहिले  जसरी नै वितरण हुन्छ।’ हाल बजारमा अभाव भएकाले महासंघले बैंकर एसोसिएसनसँग आयात बढाउन आग्रह गरेको उनले बताए। ‘यसले गर्दा पहिलो लटमै ४ सय केजी आयात हुन लागेको हो,’ उनले भने। एकैपटक पर्याप्त परिमाणमा आयात भए व्यवसायीले आवश्यकताअनुसार उठाउन पाउने उनले बताए। ‘पहिले ५० केजी आयात हुँदा खरिद गर्न क्युमा बसेर एक/एक केजीका दरले ५० जना व्यवसायीले मात्र पाउँथे भने ४ सय केजी भित्रिँदा धेरैले खरिद गर्न सक्छन्।’ आयात नियमित हुँदा देशभरिका सुनचाँदी व्यवसायीको कारोबार सहज हुने महासंघले जनाएको छ। सरकारी प्रक्रियाबाट वैध तवरले आयात सहज हुन लागेको मौकामा सुन ओसारपसार गर्ने गिरोह पनि सक्रिय भएका छन्। ओसारपसार गर्नेले दुबईबाट घर फर्कने नेपाली श्रमिकलाई भरिया बनाउने गर्छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑