• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा गाडी उत्पादन गर्न आएको कोरियन कम्पनी तीन वर्षदेखि वार्ता गरेको गर्यै

  • वीरगंज संजाल
  • ११ असार २०७८, शुक्रबार ११:३२
  • ४३३३

    वीरगन्ज । सरकारले विश्वका १० ठूला गाडी निर्माता कम्पनीबाट नेपालमा गाडी उत्पादन गर्ने भनिरहेको छ । तर, नेपालमा गाडी उत्पादन गर्ने अनुमति पाएको कोरियन कम्पनी मोट्रेक्सले भने सरकारसँग कुरा नमिलेका कारण काम अघि बढाउन सकेको छैन ।

    लगानी बोर्डले २०७५ सालमा नै मोट्रेक्सलाई नेपालमा गाडी बनाउने अनुमति दिएको थियो । अनुमति दिएको ३ वर्षसम्म पनि सरकार र मोट्रेक्सबीच विभिन्न चरणमा कुरा मात्रै भइरहेको छ, थप प्रक्रिया अघि बढ्न सकेको छैन ।

    कम्पनीले आय कर र अन्तशुल्कमा छुट मागिरहेको छ भने सरकारले कानूनअनुसार आयकर र अन्तशुल्क छुट दिने कुरा गरिरहेको छ । मुख्यत यहीं विषयमा कुरा नमिलेका कारण मोट्रेक्सले नेपालमा लागानी गर्न सकिरहेको छैन ।

    आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय गाडी उत्पादन गर्ने विश्वका १० ठूला कम्पनी नेपाल ल्याउन सरकारले भूमिका खेल्ने बताए । तर गाडी उत्पादन गर्न तयार कम्पनी मोट्रेक्सले नेपालमा जग्गासमेत पाएको छैन । सरकारले भने अहिले कोरोना कहरका कारण कम्पनीको काम अघि बढ्न नसकेको बताइरहेको छ ।

    नेपालमा उक्त कम्पनीको गाडी उत्पादनका लागि कम्पनीका पदाधिकारी र लगानी बोर्डको सिईओ, उद्योग मन्त्रलायका सहसचिव, अर्थमन्त्रालयका सहसचिव र कानून मन्त्रालयका सहसचिवको वार्ता टोली बनेको छ । वार्ता टोलीबीच वार्ता भइरहेको छ, तर परिणामुखी हुन सकेको छैन ।

    ‘कर छुट, सहुलियत लगायतका विषयमा कुरा मिलिसकेको छैन’ लगानी बोर्डका प्रवक्ता भुपाल बरालले भने, ‘छलफल जारी छ, अहिले कोरोनाका कारण थप काम हुन पाएको छैन ।’

    कम्पनीले प्लान्ट स्थापनाको लागि भन्दै बोर्डसँग स्वीकृत भएदेखि एक सय रोपनी जग्गा मागिरहेको छ । सम्झौताअनुसार उक्त कम्पनीले यसै वर्षदेखि नेपालमा गाडी उत्पादन सुरु गर्नुपर्ने थियो ।

    १० अर्ब ५४ करोड अनुमानित लगानीसहितको प्लान्ट निर्माणका लागि कम्पनीले जग्गा पाउन बोर्डसँग बारम्बार छलफलसमेत गरेको छ । गएको पुस महिनामा पनि कम्पनीका अधिकारीले सरकारी अधिकारीसँग भर्चुअल छलफल गरेका थिए । छलफलमा आर्थिक ऐन २०७६ अनुसार कम्पनी स्थापना हुने भनिएकोमा अब आर्थिक ऐन २०७७ अनुसार काम अघि बढ्ने जनाइएको छ ।

    मोट्रेक्सले उत्पादन अनुमति पाएपछि धेरै विदेशी कम्पनीले नेपालमा रुचि देखाए । उद्योग विभागमा धेरै कम्पनी दर्ता पनि भएका छन् ।

    उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटा गाडी कम्पनी दर्ता भएका छन् । यी मध्ये १५ वटामा विदेशी कम्पनीले लगानी गर्दैछन् । २३ मध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् ।

    नेपालमा गाडी उद्योग सञ्चालन गर्न १२ अर्ब ६२ करोड ५५ लाख लगानी गर्ने भन्दै उद्योग दर्ता भएका छन् । त्यसमध्ये विदेशी कम्पनीले १० अर्ब ४४ करोड ५० लाख लगानी गर्ने भनिएको छ ।

    स्वदेशीमा सबैभन्दा धेरै लक्ष्मी मोटर कर्पोरेशन प्रालिले गाडी उद्योगमा लगानी गर्ने भएको छ । सो उद्योगको कूल पुँजी एक अर्ब ३२ करोड छ ।

    तथ्यांकअनुसार ११ वटा उद्योगमा विदेशीको पूर्ण लगानी रहने छ । दर्ता भएकामध्ये ८ वटा उद्योगमा मात्रै नेपाली कम्पनीको पूर्ण लगानी हुनेछ । ४ वटा उद्योगमा नेपाली र विदेशी कम्पनीले संयुक्त लगानी गर्नेछन् ।

    नेपालमा हाल गोल्छा अर्गनाइजेशन र जगदम्बा मोटर्सले पेट्रोलबाट चल्ने बाइक बनाउँछ । यी कम्पनीले टिभिएस र बजाज ब्राण्डका पाटपुर्जा विदेशबाट नेपाल ल्याएर बाइक बनाउँछ ।

    मोट्रेक्स त एउटा उदाहरण मात्रै हो, कानूनी अड्चनका कारण नेपालमा लगानी गर्न चाहने विदेशी कम्पनीहरू पन्छिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑