वीरगन्ज | वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ वर्षका लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार बजेट ल्याएको थियो । तर हाल सम्मको अवधिमा १ अर्ब ९९ करोड २८ लाख २ हजार खर्च भई ५१.५९ प्रतिशत मात्र खर्च प्रगति छ ।
पुँजीगततर्फ हालसम्म ९२ करोड ३८ लाख ८३ हजार र चालू तर्फ हालसम्म १ अर्ब ३ करोड ६५ लाख ५४ हजार मात्र खर्च भएको छ । कोभिड संक्रमणको असरले , चालु आर्थिक पुरा बजेट खर्च हुन नसकेको नगर प्रमुख विजय सरावगीले बताए ।
उनले भने ,‘ तर अझ २० दिन बाँकी छ , थुप्रै कामका बिल भुक्तानी प्रकृयामा छ , असार मसान्त सम्म खर्च प्रगती ८० प्रतिशत पुग्छ होला । नगर प्रमुख सरावगीकै अध्यक्षतामा भएको नवौं नगरसभाको उद्घाटन सत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला , कार्यपालिका सदस्यहरु , ३२ वटै वडाका वडा अध्यक्षहरु , वडा सदस्यहरु , कर्मचारी लगायतको सहभागीता थियो । क्रान्ति शाह