वीरगंज।इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको सेवा अवरूद्द भएको छ । केही समयदेखि ग्राहकले इन्टरनेट सेवामा समस्या भोगरहेका छन् ।
कम्पनीकाे मुख्य इन्टरनेट गेटवे राउटरमा प्राविधिक समस्या देखिँदा सिस्टम डाउन भएकाे जनाइएकाे छ ।
प्राविधिक टिमले ब्याकअप राउटरमा ट्राफिक स्वीच गरिरहेको जानकारी दिँदै कम्पनीले केही समयमै सेवा सुचारू हुने जनाएको छ ।