• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रतिनिधि सभा विघटन मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुँदै, यी हुन् वहसमा उत्रनेहरू

  • वीरगंज संजाल
  • ९ असार २०७८, बुधबार ०८:१९
  • ३४७७

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनको मुद्दामा आज (वुधबार)देखि अन्तिम सुनुवाइ सुरु हुँदैछ। यो सुनुवाइ जेठ ७ गते मध्यरातमा भएको विघटनको मुद्दामध्ये विपक्षी गठनबन्धनका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमाथि हुँदै छ।

    प्रतिनिधि सभा विघटन विरुद्ध ३० थान रिट दायर भएपनि संवैधानिक इजलासले देउवाको निवेदन मुख्य भएको भन्दै त्यसलाई पहिला सुनुवाइ गर्ने निर्णय गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यसअघि सुनुवाइ गर्र्र्दै लिखित जवाफ मगाएर अन्तिम सुनुवाइ गर्ने मिति तोकेको थियो।

    जेठ २६ गते लामो विवाद अन्त्य गर्र्दै संवैधानिक इजलासले अन्तिम सुुनुवाइका लागि नौ बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको थियो। सर्वोच्चले अन्तिम सुनुवाइ लामो र पट्यारलाग्ने हुनुका साथै अनावश्यक समय खर्च नहोस् भनेर बहसमा उपस्थित हुने सबै कानुन व्यवसायी, सरकारी वकिल र एमिकस क्युरीको हकमा पनि समय तोकेको छ।

    सर्वोच्चले सुनुवाइका क्रममा इजलास कक्षभित्र रिट निवेदकहरुमध्येबाट एक पटकमा अधिकतम पाँच जना सम्म प्रवेश गराउने आदेशमा उल्लेख छ। निवेदकतर्फका कानुन व्यवसायीहरु एक पटकमा बढीमा तीन जना, महान्यायाधिवक्ताको कार्यालयबाट खटिने सरकारी वकिलहरुमध्येबाट एक पटकमा बढीमा तीनजना उपस्थित हुन पाउने आदेशमा उल्लेख छ। अन्य प्रत्यर्थीहरु प्रत्येकको तर्फबाट एक पटकमा दुई÷दुई जना कानुन व्यवसायीलाई मात्र इजलास कक्षभित्र प्रवेश दिनेगरी प्रवेश पासको व्यवस्था मिलाउन सर्वोच्चको आदेशमा भनिएको छ।

    प्रधानन्यायाधीश जबरासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले बहस व्यवस्थापनदेखि कोभिड महामारीबाट बच्नका लागि स्वास्थ्य मापदण्डसमेतको पालनाका लागि यस्तो निर्देशन जारी गरेको थियो।

    को को उत्रँदैछन् निवेदकका तर्फवाट वहसमा?
    वुधबार मुद्दामा सुनुवाइको औपचारिक सुरुआत हुनेछ। यसका लागि निवेदकहरुले समय तालिकासहित वहसको व्यवस्थापन गरेका छन्। यसको जानकारी सर्वोच्च अदालतको मुद्दा शाखालाई पनि गराएका छन्।

    बुधबारको वहसमा नेपाल बारका पूर्वमहासचिव खम्बबहादुर खातीले सुरुवाती वहस गर्नेछन्। खातीले करिव २० मिनेटमा ओपनिङ वहस गरेपछि गोविन्द बन्दीले वहस गर्नेछन्। बन्दीले करिव ४० मिनेट वहस गर्नेछन्। बन्दीपछि वरिष्ठ अधिवक्ताहरुको रोलक्रम सुरु हुनेछ। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, महादेव यादव, शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, मुक्ति प्रधानको पालो आउनेछ। बुधबार शम्भु थापासम्मको वहस सक्ने तयारीमा निवेदकहरु रहेका छन्। थापाले करिव १ घन्टा वहस गर्ने, अरुले ४० मिनेट गर्ने तयारी गरेका छन्।

    उनीहरुलाई सर्वोच्चले १५ घन्टाको समय तोकेकाले त्यही अनुसार समय व्यवस्थापन गरेर तीन दिनमा वहस सक्ने तयारीमा निवेदकहरु छन्। वरिष्ठ अधिवक्ताहरुपछि अधिवक्ताहरु टिकाराम भट्टराई, भिमार्जुन आचार्य, सुनिलकुमार पोखरेल, दिनमणी पोखरेल लगायतले पनि वहस गर्ने तयारी गरेका छन्।

    के छ प्रधानमन्त्री ओलीको तयारी?
    प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र सरकारी वकिल तथा सभामुखका लागि १५ घन्टाको समय अदालतले तोेकेको छ। सभामुखका तर्फवाट थोरै कानुन व्यवसायी हुने भएकाले सरकारी वकिलले सात घन्टा अनि बाँकी समय ओलीका निजी कानुन व्यवसायीले बहस गर्नेछन्। ओलीका तर्फवाट यसपटक पनि वरिष्ठ अधिवक्ता सुशील पन्तले लिड गर्ने वुझिएको छ। उनीसँगै ईश्वरी भट्टराई, वरिष्ठ अधिवक्ता रविनारायण अर्याल, महेश नेपाल लगायतले वहस गर्ने तयारी गरेका छन्।

    महान्यायाधिवक्ताको नेतृत्वमा सरकारी टोली
    सरकार पक्षको तर्फवाट वहसका लागि महान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा चार नायव महान्यायाधिवक्ता र सहन्यायाधिवक्ताहरुले वहस गर्ने भएका छन्। नायव महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, विश्वराज कोइराला, टेकप्रसाद घिमिरे र श्यामप्रसाद भट्टराईले वहस गर्नेछन्। त्यस्तै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी र अन्य केही सहन्यायाधिवक्ताहरुले वहस गर्ने छन्। उनीहरुको वहसपछि एमिकस क्युरीलाई इजलासले समय दिनेछ।

    सर्वोच्च बारवाट २ र नेपाल बारवाट तीन जना एमिकस क्युरीले आफ्नो धारणा राख्ने छन्। उनीहरुको धारणापछि निवेदकहरुलाई जवाफ दिने समय उपलव्ध हुने छ। उनीहरुको जवाफपछि सर्वोच्चले आफ्नो निर्णय सुनाउनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑