बारा | युवकको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।असार ३ गते बिहान साढे ६ बजेतिर बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बरैनिया बजारको भरवलिया टोल बस्ने २५ वर्षीय भादो भन्ने बिरेन्द्र बैठाको हत्या गरेको आरोपमा बारा प्रहरीले २ जना अभियक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका वडा नम्बर ३ फुलवरियाका ३५ वर्षीय पारस महतो धानुक र बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बरैनियाका ७२ वर्षीय दास बाबाको रुपमा चिनिने बिरबहादुर यादव रहेका छन् ।
सोमवार कर्तव्य ज्यान मुद्धामा बारा जिल्ला अदालतबाट हिरासनमा राख्न ५ दिनको अनुमती लिई उनिहरुमाथी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।