वीरगन्ज । पाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको दाबी गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ ।’
निर्वाचन आयोगको कार्यशैलीप्रति प्रश्न गर्दै भनिएको छ, ‘आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानुनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लघंन गर्दै निर्धारित जिम्मेवारी अनुरूप निष्पक्षरूपमा काम नगरी कानून र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु चिन्ताको विषय हो ।’