एजेन्सी| साथीसाथीबीच कतिसम्म घनिष्ठ सम्बन्ध हुन्छ भने एकले अर्काका ठूलाठूला गल्ती पनि माफी गर्छन् ।
तर, यही कुरा सबैमा लागु हुन्छ भन्ने चाहिँ हुँदैन ।
किनकि एउटा अम्बामा नुन हालिदिएकै भरमा भारतमा एक युवाले आफ्नै साथीको हत्या गरेका छन् । प्रहरीले ती युवालाई गिरफ्तार गरेको छ ।
यो घटना हो, ग्रेटर नोएडाको । २८ जनवरीमा त्यहाँको एक गाउँमा एक युवाले आफ्ना साथीलाई अम्बामा नुन दलेकै भनेर छुरीले प्रहार गरेका हुन् । उनीहरु १५ वर्षदेखिका साथी थिए ।