• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानौँ, प्रतिनिधि सभा पुनःस्थापना भएछ, त्यसपछि एमाले के गर्छ?

  • वीरगंज संजाल
  • ७ असार २०७८, सोमबार १२:३७
  • २१२५

    वीरगन्ज ।यतिबेला सबैको ध्यान सर्वोच्च अदालततिर केन्द्रित छ। सर्वोच्च अदालतको ध्यान चाहिँ कता केन्द्रित छ भन्ने जान्नका लागि सम्भवतः असार महिना निर्णायक छ। अघिल्लो पटकको प्रतिनिधिसभा विघटनलाई अदालतले असंवैधानिक भन्नुका पछाडि कारणहरु थिए। यसपटक चाहिँ ती कुनै कारण विद्यमान छैनन्। सरकार गठनसम्बन्धी संविधानका धारा ७६ का सबै उपधाराहरुको ‘अभ्यासगत कार्यान्वयन’पछि प्रतिनिधिसभा विघटन भएको छ।

    राजनीतिक अभिप्रायः र जसलाई जस्तो चाहिन्छ, त्यस्तै राय दिने पेसा अपनाएका वकिलहरुका कारण यसलाई विवादित बनाइएको छ। अदालतमा विधाराधीन मुद्दा भएका कारण भन्दा पनि प्रमुख राजनीतिक विषय भएका कारण अहिले आम मानिसहरुको ध्यान यसैतर्फ छ।

    हामी बारम्बार भन्छौँ/भनेको सुन्छौँ– अदालतमा राजनीति हुनुहुँदैन। साथै भन्नुपर्ने कुरा यो पनि छ– राजनीतिमा अदालत पनि हुनुहुन्न। अदालतलाई राजनीतिको लत बस्यो भने न्यायपालिका र कार्यपालिकाबीचको भिन्नता रहन्न। हिजो पो अन्तरिम संविधान थियो, भत्केको परिपाटीलाई नयाँ संविधानमा सच्याउँला भन्ने ठाउँ थियो। आज त संविधानसभाबाट बनेको संविधान छ, त्यसलाई संशोधन वा परिमार्जन गर्ने अलग्गै व्यवस्था छ। यस्तो अवस्थामा अदालतका आँखा संविधान र व्यवस्थातिर जानुपर्छ, अन्यत्र होइन।

    कथम् प्रतिनिधिसभा पुनस्थापना भएछ भने पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प भेटाउन मुश्किल छ। एकछिनलाई मानौँ, दलीय व्यवस्थाको मर्मविपरीत जुनसुकै पार्टीका सांसदले जुनसुकै पार्टीका नेतालाई पनि मत हाल्न पाउने गरी नै व्याख्या भएछ र प्रतिनिधिसभा पुनस्थापना भएछ। त्यसपछि के हुन्छ? त्यसपछि पनि केपी ओलीसँगै बहुमत रहन्छ। त्यसका लागि प्रतिनिधिसभाभित्रको गणितलाई हेरौँः

    अहिले प्रतिनिधिसभाको कूल सदस्य संख्या २ सय ७१ छ। त्यसमध्ये नेकपा (एमाले) सँग १ सय २१, नेपाली कांग्रेससँग ६२ (दुई मत हाल्न नपाउने), माओवादीसँग ४९, महन्थ ठाकुरसँग २२ (एक मत हाल्न नपाउने), उपेन्द्र यादवसँग १२ (एक मत हाल्न नपाउने), जनमोर्चा, राप्रपा र नेमकिपासँग एक–एक सांसद छन्। शेरबहादुर देउवाका पक्षमा १ सय ४६ जनाले सर्वोच्च अदालतलमा हस्ताक्षर बुझाएका छन्, जसमध्ये २३ जना एमालेका छन्। देउवाको मुख्य आधार नै एमालेका सांसद हुन्।

    पहिलो, एमालेमा एकताका लागि सकारात्मक रुपमा कुराकानी अघि बढेको छ र सम्भवतः सर्वोच्च अदालतको फैसला अगावै विश्वसनीय रुपमा एकता सम्पन्न हुनेछ र प्रतिनिधिसभा पुनस्थापना भएमा एमाले एकढिक्का भएर आफ्नो सरकारको पक्षमा उभिनेछ। यदि अदालतले पुनस्थापना गरेछ भने एमालेका १ सय २१ र महन्थ ठाकुरका २१ सांसद गरेर ओलीका पक्षमा सहजै १ सय ४२ सांसद हुनेछन्, जुन सरकार बनाउन आवश्यकभन्दा बढी हुन्छ।

    दोस्रो, मानौँ दुर्भाग्यवश एमालेमा एकता हुन सकेनछ र अहिले हस्ताक्षर गर्ने सांसदहरु देउवाकै पक्षमा उभिन पुग्नुभएछ भने एमालेले कानुनी बाटो अख्तियार गर्नेछ र उहाँहरुको संसद् सदस्यता खारेज हुनेछ। २३ मध्ये ८ जना समानुपातिक भएकाले तुरुन्तै नयाँ सदस्यद्वारा पूर्ति हुनेछ र एमालेका सांसदहरुको संख्या १ सय ६ मा झर्नेछ।

    त्यसबेला प्रतिनिधिसभाको कुल सदस्य संख्या २ सय ५६ हुनेछ र सरकार बनाउन १ सय २८ (एक सभामुख भएकाले) सदस्यको समर्थन आवश्यक पर्नेछ। त्यसबेला पनि ओलीसँग मात्रै प्रतिनिधिसभाको बहुमत हुनेछ। किनभने, एमालेका १ सय ६ र महन्थ ठाकुरका २१ गरी १ सय २७ सांसद ओलीसँगै हुनेछन् भने सम्भवतः राप्रपा र नेमकिपा पनि देउवाभन्दा ओलीका पक्षमा उभिनेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑