वीरगन्ज । पछिल्लो समयमा शरीरमा देखापर्ने समस्या मध्ये सबैभन्दा शरीरलाई देखापर्ने समस्या पेटसगँ सम्बन्धी समस्या हो । भनिन्छ, पेट सफा छ वा शरीरमा कुनै पनि किसिमको खराबीपना हुदैन् र अन्य रोगले हामीले सताउँदैन् । पेटमा खराबीपना देखापरेमा सुरुको अवस्थामा नियमित रुपमा दिसा नलाग्ने, एकदमै कम दिसा पटकपटक लागिरहने, पेट फुलेको वा डम्म भएको फिल हुने , खाना खाँदा पनि नखाँदा पनि पेटभारी हुने, काम प्रति जोश जागर नआउने, थकाई लाग्ने जस्ता समस्या देखापर्दछ ।
यस्ता छन् पेट सफा राख्ने घरेलु उपायहरू
-सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।
– एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।
-गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।
– १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।
-दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।
– घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।
-खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने ।
-प्रशस्त पानी पिउने ।