मलेसियामा विदेशी कामदारलाई लगाइने कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको रकम रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने भएको छ ।
मलेसियाको आर्थिक, अन्तर्राष्ट्रिय उद्योग, व्यापार बरिष्ठ मन्त्री मोहम्मद अजमिन अलीले श्रम क्षेत्रमा कार्यरत कामदारलाई लगाइने खोपको शुल्क उनीहरूबाट नलिने व्यवस्था गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको बताएका छन् ।
मन्त्री अलीले खोपको केही शुल्क लाग्ने र त्यो शुल्क मलेसियाका रोजगारदाताहरूले व्यहोर्नुपर्ने स्थानीय अनलाइन दि स्टारले जनाएको छ । मलेसिया सरकारले श्रमिकको लागि लगाउने खोपको रोजगारदाताले प्रति डोज ९० रिंगिट करिब तीन हजार तिर्नुपर्ने जनाएको छ ।
मलेसियाले गत बुधबारदेखि सेलङ्गारबाट औद्योगिक क्षेत्रमा खोप अभियान शुरूवात गरेको छ । मलेसियामा साढे तीन लाख नेपालीसहित २५ लाख भन्दाबढी विदेशी कामदार रहेका छन् ।