• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा बाढीबाट हुने धनजनको क्षति रोक्न यस्तो छ पूर्वतयारी

  • वीरगंज संजाल
  • ५ असार २०७८, शनिबार २०:४८
  • २१३३

    जनकपुर । प्रत्येक वर्ष तराई मधेसमा बाढीले धनजनको ठुलो क्षति हुँदै आएको छ । बाढी तथा डुबानबाट बर्सेनि हुने क्षतिलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले पूर्वतयारी गरेको छ ।प्रदेश २ का ८ वटै जिल्ला बाढी तथा डुबानको जोखिममा पर्दछन् । प्रदेश नम्बर २ मा विगत दुई आर्थिक वर्षमा बाढी तथा डुबानमा परेर ९२ जनाले ज्यान गुमाएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार समीक्षा अवधिमा बाढी तथा डुबानमा परी रौतहटमा ४३, धनुषामा १५, सिरहामा १२, सर्लाहीमा ९, सप्तरीमा ५, पर्सामा ६ र बारामा २ जनाको मृत्यु भएको छ ।

    गत वर्ष वर्षासँगै आएको बाढी तथा डुबानका कारण प्रदेश नम्बर २ मा कृषिमा मात्रै अढाई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका ८ वटै जिल्लामा गत वर्ष कृषि क्षेत्रमा मात्र २ अर्ब ६७ करोड ६ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । बालीतर्फ करिब १ अर्ब ५५ करोड ४८ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पशुपंक्षीतर्फ १ अर्ब ११ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

    प्रदेश २ मा कुल ५ लाख ४७ हजार २२५ हेक्टर खेतीयोग्य जग्गा छ । जसमध्ये ५ लाख २६ हजार ६५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको थियो ।बाढी तथा डुबानको कारण ८ वटै जिल्ला गरी बालीतर्फ ५५ हजार ६२० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै पशुपंक्षीतर्फ १ हजार ९८७ हेक्टरमा माछा पालन गरिएको पोखरीमा क्षति भएको थियो ।प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बाढीका कारण प्रदेश २ मा बर्सेनि ठुलो क्षति हुने गरेको बताए । त्यसैले पनि यो वर्ष विपदबाट हुने क्षतिको न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक तयारी गरेको उनले बताए ।

    उनका अनुसार प्रदेश सरकारले विपद व्यवस्थापन सम्बन्धी नीति तथा ऐन ल्याउनुका साथै नियमावली समेत बनाइसकेको छ । उनले भने, ‘विपद व्यवस्थापनाका लागि प्रदेश सरकारले १० वर्षे रणनीति बनाउँदैछ, यसमा केही समय लाग्नेछ ।’प्रत्येक वर्ष बाढी तथा डुबानबाट हुने क्षतिमध्ये मानवीय क्षति कसरी कम गर्ने भनेर वर्षको सुरुमै योजना बनाउने गरेको उनले बताए । उनले भने, ‘हामी प्रत्येक वर्ष पहिले नै आफ्नो रणनीति बनाउँदै आएका छौं र सुरक्षा निकायलाई समेत विपद व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छौँ ।’

    उनले ८ वटै जिल्लाका सुरक्षा निकायलाई विपद व्यवस्थापनका लागि मोटर बोट, नाइनल बोट, रबर बोट, थ्रोइङ्ग ब्याग, ड्रोन क्यामेरा लगायतको सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए ।२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहले बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्नका लागि डुबान क्षेत्रलाई पहिचान गरी सोही अनुसारको तयारी गरिएको बताए । उनले विपद व्यवस्थापनका लागि यस प्रदेशका मुख्य नदीहरु कोशी, बागमती र कमलाका तटीय क्षेत्रमा विशेष तयारी गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑