बारा | बारामा युवकको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेको छ। | बाराको विश्रामपुर गाउँपालिका– १ मा फेला परेका मृत युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।प्रहरीले विश्रामपुर गाउँपालिका–२ कै २५ वर्षीय युवकलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
पक्राउ परेका उनको परिचय अहिले प्रहरीले खुलाएको छैन। शरीरभरि चोटपटकको नीलडाम रहेको अवस्थामा मृत फेला परेका युवकको घटना सम्बन्धमा अनुसन्धान जारी रहेकाले पक्राउ गरिएको व्यक्तिको परिचय नखुलाइएको मिश्रले बताए।बिहीबार बिहान विश्रामपुर गाउँपालिका–१ बरैनिया बजार नजिकै सोही गाउँपालिका–२ भरवलिया टोल निवासी २६ वर्षीय भादो बैठाको शव फेला परेको थियो।
शंकास्पद अवस्थामा रहेको शव फेला परेपछि घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरेको थियो।प्रहरीले शव नियन्त्रणमा लिएर कलैया अस्पतालमा पोस्टमार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।