रौतहट।कुमार चन्दन। गत २४ घण्टामा रौतहटमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा गत २४ घण्टामा ७३ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पीसीआर विधिबाट ६९ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट १ हजार १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल रौतहटमा कुल १ सय ३० जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै बिहिबार कुनै संक्रमितको ज्यान गएको छैन । हालसम्म कोरोना संक्रमण का कारण जिल्लामा ५३ जना र अन्य जिल्लामा ६३ जना गरि रौतहटका १ सय १६ जनाले ज्यान गुमाइसकेका छन् ।