बिरगंज। कृष्णा कुशवाहा।सशस्त्र प्रहरी बल (बिओपी ) अलौले अवैधरुपमा ल्याउदै गरेको १७ वटा रंगा र भैसी पक्राउ गरेको छ।पर्साको ग्रामीण भेगवाट नाकाहरुवाट तस्करीको उदेशयले अवैध रुपले भारतवाट नेपाल तर्फ भित्रीयाई ल्यजादै गरेको भैसी र रंगा सशस्त्र प्रहरी बल (बिओपी) अलौले पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल (बिओपी) अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाणडमा खटिएको टोलीले वीरगंज महानंगरपालीका वडा २६ सुगौलीवाट ५ वटा भैसी सहित १२ वटा रंगा नियन्त्रणमा लिएको छ।
पक्राउ परेका भैसी र रंगाको करिब ३ लाख मुल्य बराबरको मूल्यांकन गरीवीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताए।