बिरगंज । मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोको समस्या देखिएको छ। हालसम्म बाढी पहिरोमा परेर एक दर्जन बढी मानिसको ज्यान गएको छ। बाढी र पहिरोबाट १३ जिल्ला बढी प्रभावित छन्। बाढी पहिरोबाट २७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित छन्।
सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ । बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना छ।
फोटो : रासस