बिरगंज । रामजी यादव । जेष्ठको अन्तिम सातामा शुरु भई पाँच दिन देखि परेको अबिरल बर्षाले पर्साको बिरगंज महानगरपालिका वाडनं १९ का अस्थाई प्रहरी पोस्ट बिन्दवासनी डुबानमा परेको छ।
अस्थाई प्रहरी पोष्ट बिन्दवासनीको भवन र किचेन कोठा जिर्न अलस्थामा रहेको छ।पाँच दिन देखि लगातार रुपमा परेको अबिरल बर्षाले अस्थाई प्रहरी पोष्ट बिन्दवासनीको भवन जिर्न अवस्थाले गर्दा सुरक्षाकर्मी सुत्ने कोठा सम्म बर्षाको पानी पस्ने गरेको हुदा सुत्न सक्ने अवस्था नरहेको र सुरक्षा सामग्री भिजिने गरेको हवल्दार राकेश यादवले बताउनु भयो।
अस्थाई प्रहरी पोष्ट बिन्वासनीमा पाँच दिन को अबिरल बर्षाले गर्दा कोठा भित्र पानी पसेर सम्पूर्ण सर-सम्मान भिजिन थालेको छ सो को बारेमा समबन्धितको केही ध्यान आकर्षण नरहेको अस्थाई प्रहरी पोष्ट बिन्दवासनी का प्रहरी सहायक निरिक्षक देवराज खतिवडाले बताउनु भयो।