• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमालेमा संयुक्त बैठक : ‘मोडालिटी’को खोजी कि दुई पक्षबीच सहमति?

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार ०२:५९
  • २५७७

    वीरगन्ज । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरुलाई समेत समेटेर संयुक्त बैठक बोलाउने प्रयास जारी राखेका छन्। ओलीले यसअघि नै वक्तव्य जारी गरेर पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थामा फर्काउन तयार रहेको बताएका थिए। उनको सो वक्तव्यलाई सर्वोच्च अदालतले फेरि पनि संसद् विघटनलाई बदर गरिदिने ओलीको आकलनसँग जोडेर हेरिएको छ।

    सर्वोच्च अदालतको जेठ २७ गतेको आदेशअनुसार नेकपा एमालेका कर्णाली प्रदेश सभाका चारजना सांसद पुनर्वहाली भएका छन्। सो आदेश सँगसँगै ओलीले बनाएको दशौँ महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा समेत प्रश्न उठाइएको छ। जसले ओलीलाई थप दबाबमा राखेको छ।

    सर्वोच्च अदालतबाट अप्ठ्यारो थपिँदै जाने बुझेपछि उनले नेपालपक्षका भनिएका तर पछिल्लो समय मझधारमा उभिएका नेताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्। पछिल्लो विज्ञप्तिलाई सोही प्रयासको रुपमा नेताहरुले विश्लेषण गरेका छन्। यद्यपि, आकलन गरिएजस्तो नेताहरु ओलीतिर खुलिसकेका छैनन्।

    पार्टीलाई एक ढिक्का बनाउनुपर्ने दुवै पक्षका नेताहरुले बताउने गरेका छन्। तर, त्यसका लागि सहमतिको विन्दु फेला परेको छैन। ‘वास्तवमा एकता गर्ने मनशायले केपी कमरेडले विज्ञप्ति जारी गरेको होइन्। यदि एकता चाहेको भए माधव कमरेडसँग सल्लाह गरेर संयुक्त विज्ञप्ति जारी गर्नुहुन्थ्यो,’ नेपालनिकट एक केन्द्रीय सदस्यले भने, ‘माधव कमरेडनिकट भनिएका नेता कार्यकर्तालाई तान्न सकिन्छ कि भनेर जेठ ३ गते पूर्वको अवस्थामा फर्काउने भन्दै झेली गर्नुभयो।’

    ओली एमाले एक बनाउनुपर्ने दबाबमा छन्। तर, उनी पूर्वमाओवादी नेताहरुलाई समेत साथसाथै राखेर संयुक्त बैठक बसाउन चाहन्छन्।

    आफूहरुले सम्पूर्ण पार्टी कमिटीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने भन्दै आए पनि ओलीले पूर्वमाओवादीलाई समेत समेट्नेगरी जेठ ३ गतेको अवस्थालाई जोडेको ती नेताले बताए। समानान्तर रुपमा दुवै पक्षको कमिटी सक्रिय भइरहेकाले एमाले एक भएर संयुक्त बैठक बस्न गाह्रो हुने ती नेताको भनाइ छ।

    ओली एमाले एक बनाउनुपर्ने दबाबमा छन्। तर, उनी पूर्वमाओवादी नेताहरुलाई समेत साथसाथै राखेर संयुक्त बैठक बसाउन चाहन्छन्। नेपालपक्ष भने पार्टीलाई जेठ २ को अवस्थामा फर्काएर बैठक राख्नुपर्ने र त्यसपछि मात्रै पूर्वमाओवादी नेताहरुलाई समेटेर अघि बढ्ने विषयमा सहमत हुन सकिने पक्षमा छ।

    संयुक्त बैठक कसरी बस्ने भन्ने ‘मोडालिटी’का लागि ओली पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ लगायतले माधवपक्षका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल चलाइरहेका छन्। ओलीपक्षले नेपालपक्षका चार जना नेतालाई फकाएर आफ्नो पक्षमा पार्ने प्रयास पनि गरिरहेका छन्। त्यो अवस्था पनि लगभग टरेको जस्तो देखिएको छ।

    मंगलबार ईश्वर पोखरेलले योगेश भट्टराईलाई बोलाएर पार्टी कार्यालयमा एक घण्टाभन्दा धेरै समय परामर्श गरेका थिए। पोखरेल र भट्टराईबीच संयुक्त बैठकको मोडालिटीकै विषयमा छलफल गरेको बुझिएको छ। ओली र नेपालपक्षबीच संयुक्त बैठक बसाल्ने विषयमा सहमति हुन नसकेपछि बिहीबारका लागि तयारी गरिएको स्थायी कमिटी बैठकसमेत स्थगित भएको छ।

    संयुक्त स्थायी कमिटी बैठक बस्ने भनिए पनि प्राविधिक कारणले बैठक बस्न नसकेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। ‘स्थायी कमिटी बैठक बस्ने चर्चा मैले पनि सुनेको छु। खबर खाएको छैन,’ नेम्वाङले भने, ‘गृहकार्य नपुगेर बैठक बस्न सकेको छैन होला।’

    यस्तै अवस्थामा संयुक्त बैठक बसे मतभिन्नता कायमै हुने भएकाले संयुक्त बैठक बस्नुको अर्थ नहुने ज्ञवालीको भनाइ छ।

    तर नेपालपक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले शीर्ष नेताहरुबीच प्याकेजमा सहमति नहुँदासम्म संयुक्त बैठकको अर्थ नै नहुने टिप्पणी गरे। ‘सबैभन्दा पहिला केपी कमरेडले पार्टी कमिटीलाई जेठ २ गते पूर्वको अवस्थामा फर्काउन सहमत हुनुपर्‍यो। त्यसपछि यसअघि दशौं महाधिवेशन आयोजक कमिटीले गरेका सबै निर्णय फिर्ता लिनुपर्‍यो,’ नेपाल लाइभसँग कुरा गर्दै ज्ञवालीले भने, ‘त्यसपछि शीर्ष नेताहरुबीच प्याकेजमा सहमति भयो भने बल्ल संयुक्त बैठक कसरी बस्ने ‘मोडालिटी’ तयार हुन्छ।’

    यस्तै अवस्थामा संयुक्त बैठक बसे मतभिन्नता कायमै हुने भएकाले संयुक्त बैठक बस्नुको अर्थ नहुने ज्ञवालीको भनाइ छ।

    एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संयुक्त बैठकमा आफूहरुलाई जसरी समेटे पनि फरक नपर्ने प्रतिक्रिया दिए। ‘एमाले एक भइसकेपछि पूर्वमाओवादी समूहलाई समेटे पनि हुन्छ। त्योभन्दा अघि समेटेपनि हुन्छ। केही फरक पर्दैन,’ रायमाझीले भने, ‘एक हुने भएमा कुनै समस्या हुँदैन। निहुँ खोज्ने मनशाय हो भने जे गरे पनि सहमति हुँदैन।’

    नेपालपक्षले ओलीलाई नेता मानेर गएमा एमाले एक हुन कुनै समस्या नहुने रायमाझीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑