बिरगंज । तालुक प्रदेश नं. २ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा जिल्ला प्रहरी कार्यालय पर्सा समेतको टोली परिचालन भई गरिएको सर्च एण्ड रेड (Search and Raid) कारबाहीको क्रममा मिति २०७८।०३।०१ गते अन्दाजी १७.०० बजे जिल्ला पर्सा
बीरगञ्ज महानगरपालिका, वडा नम्बर १८, भवानीपुरमा सडकछेउ रोकिराखेको बागमती प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकको तलासी लिँदा ४ वटा ठूलो प्याकेट बनाई सो ट्रकको क्याबिनभित्र सीटपछाडि लुकाइछिपाई राखिएको अवस्थामा जम्मा ६५(पैँसट्ठी) किलो लागुऔषध गाँजा
फेला परेकोले उक्त गाँजा तथा ट्रक बरामद गरी चालक जिल्ला मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने वर्ष ५१ को रामकुमार मोक्तानलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।