• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असार अन्तिममा इजरायल जाने विज्ञापन खुल्दै

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार २१:२५
  • १९७७

    वीरगन्ज । कोभिड-१९ को कारण निषेधाज्ञाको अवस्था परिवर्तन भएमा एक दशकपछि नेपाली कामदारलाई इजरायल पठाउनका लागि वैदेशिक रोजगार बोर्डले असार अन्तिमसम्ममा विज्ञापन गर्ने भएको छ । मन्त्रिपरिषदबाट इजरायल कामदार पठाउन निर्देशिका स्वीकृत भएपछि कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा जारी भएकाले कामदार पठाउने प्रक्रिया रोकिएको हो ।

    मन्त्रिपरिषदबाट इजरायल पठाउन निर्देशिका ढिला जारी भएकाले कामदार समयमा पठाउन नसकिए पनि असार मसान्तसम्ममा विज्ञापन गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इकागजलाई बताए । ‘निषेधाज्ञाको अवस्था लुज भएमा एक महिनाभित्रमा इजरायलका लागि विज्ञापन खुलाउँछौ,’ उनले भने |

    दवाडीले इजरायली पक्षसँग विभिन्न माध्यमबाट छलफल भइरहेको पनि बताए । उनीहरूले कसरी कामदार लैजान सकिन्छ त्यसको ‘मोडालिटी’ बनाइरहेको बताए । रोजगार विभागले कामदारसँग परीक्षा लिन पाठयक्रम तयारी गरिरहेको जानकारी दिए ।

    ‘भाषा परीक्षा र कामदारको सीपको परीक्षण गरिन्छ,’ महानिर्देशक दवाडीले भने,’ कोभिडका कारण अनलाइनबाट कामदारको परीक्षा लिन सकिन्छ । निर्देशिका समितिले कुन ‘मोडालिटी’को स्वीकृत हुन्छ त्यसैको आधारमा परीक्षा लिने व्यवस्था हुन्छ ।’ माग अनुसारको कामदार पठाउन सकेको भए कामदारको कोटा बढेर आउन सक्ने उनले बताए ।

    दवाडीले मन्त्रिपरिषदले निर्देशिका पास गर्न ढिला गरेकाले विभागले कामदार पठाउने प्रक्रिया अगाडि बढाउन समस्या भएको उनले बताए । सरकारले विभागमा निर्देशिका पास गरेर पठाउँदा निषेधाज्ञा सुरु भइसकेकाले कामदारको विषयमा केही गर्न नसकिएको उनको भनाइ छ ।

    विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले थप परिमार्जन गरी कानुन, परराष्ट्र  र अर्थ मन्त्रालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो ।

    परीक्षा मोडालिटीका लागि इजरायल पक्षसँग छलफल भएकाले जस्‍तो मोडालिटीमा परीक्षा लिने भन्‍ने सुझाव आउँछ त्यहीँ अनुसार अगाडि बढ्ने उनले जनाए। ‘केयर गिभर’का लागि घर र अस्पतालमा कामदार लाने गरी सम्झौता भएको उनले जानकारी दिए । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष पठाउन सकिने उनले बताए ।

    नेपालका लागि इजरायलका राजदूत हनान गाेडेरले पनि कामदार लैजाने प्रक्रिया अघि बढेको बताए । ‘हामीले पहिलेदेखि नै सरकारी तहमा लैजान प्रयास गरेको हो । बाहिरबाट लैजादा निकै धेरै रकम लिएको लिखित उजुरी नै कामदारबाट आएपछि निजी क्षेत्रबाट कामदार लिने कार्य रोकेका हौँ,’ राजदूतले भने, ‘हामी नेपाली कामदारको पासपाेर्ट बनाउने, टिकट र बिमा खर्चबाहेकको कल्पना समेत गर्न सक्दैनौँ । इजरायल पुग्‍ने कामदारलाई त्यहाँको नागरिक सरह व्यवहार गर्ने छौँ ।’

    रोजगारदाताले जाने शुल्क नव्यहोरेमा कामदार आफैँले व्यहोर्नुपर्ने अवस्था आउन सक्ने दवाडीले बताए । वैदेशिक रोजगार बोर्डमा बिमाको सम्पूर्ण रकम कामदार आफैँले तिर्नुपर्ने उनलेब बताए । करिब सात महिना अघि ५ सय कामदारको माग आए पनि अहिलेसम्म पठाउन सकेको छैन ।

    कामदार पठाउने निर्देशिका जारी भएपछि कोभिडको दोस्रो लहर सुरू हुँदा नेपाली कामदार पठाउन नसकिएको उनको भनाइ छ । इजरायल सरकारको तर्फबाट श्रममन्त्री र नेपाली ‍दूतावासले असोज १४ उक्त मागप्रति सम्झौता गरेका थिए । नेपालमा इजरायली राजदूत र श्रम तथा रोजगार मन्त्रालयमा सम्झौता भएको थियो ।

    को-को जान पाउनेछन् ?

    सरकार-सरकार (जीटूजी) मार्फत कामदार इजरायल जान पाउनेछन् । इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । ‘प्लस टु’ पास गरेर तीन महिनाको ‘केयर-गिभर’ तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् ।

    इजरायल जान हिब्रु र अंग्रेजी भाषाको सामान्य ज्ञान हुनुपर्छ । ४.९ फिट र ४५ केजी भन्दा बढी भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्नेछन् ।

    योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थिति गर्न अनुरोध गर्छ ।

    विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्छ । त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ । भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्‍त गरेको अंक अनलाइन प्रोफाइलमा प्रविष्ट हुन्छ ।

    छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा राख्‍नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।

    अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।

    इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ । सन् २०१२ देखि कामदार जान राेकिएको तर सन २०१५ मा पुन: निजी क्षेत्रबाट नै कामदार लैजाने गरी सम्झौता भए पनि सरकारी तवरबमा नै लैजाने निर्णय भएको हो । सरकारी तहमा लैजाने भनेर सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सय को हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् ।

    नेपालका कर्मचारीतन्त्रले नै निजीलाई दिने वा आफ्नो शैलीमा कामदार छान्न सक्ने प्रकारको प्रावधान राख्‍न खोज्दा यसमा ढिलाई भएको मन्त्रालयका एक कर्मचारीले बताए । ‘केयर गिभर’, ‘नर्सिङ क्षेत्र’, अस्पताल, ‘नर्सिङ होम’, दिवा सेवा केन्द्रलगायत नेपाली श्रमिक लैजानेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑