• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खाडीमा नेपाली कामदारले पाए खोप

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार १८:३६
  • २२०१

    वीरगन्ज । खाडी मुलुकमा कार्यरत नेपालीसहित विदेशी कामदारलाई प्राथमिकताका साथ कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । त्यहाँ कार्यरत सयौं कामदार एउटै क्याम्पमा रहने भएकाले पनि प्रमुख गन्तव्य मुलुकले आफ्ना नागरिकसहित विदेशी कामदारलाई खोपका लागि प्राथमिकता दिएका हुन् ।खाडीका ६ देशमध्ये ओमानमा मात्रै कामदारले खोप लगाएको शुल्क तिर्नुपर्छ । नेपाली कामदारको बाहुल्य रहेका साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कुवेतले भने खोप नि:शुल्क दिएका छन् । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतका अनुसार त्यहाँको सरकारले नागरिक र आप्रवासीबीच विभेद गरेको छैन । ‘उमेरअनुसार खोपमा प्राथमिकता दिइएको छ । त्यसमा नागरिक र आप्रवासी कामदारबीच समान मापदण्ड तय गरिएको छ । गैरकानुनी हैसियत भएका कामदारले पनि खोप लगाउन पाएका छन्,’ उनले भने ।

    साउदीले हरेक दिन एक लाख जनालाई खोप लगाउने लक्ष्य राखेको छ । हालसम्म १ करोड ५१ लाख जनाले खोप लगाइसकेका छन् । एक वर्षभित्र कुल जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको साउदीमा ३ लाख २५ हजार नेपाली छन् । गैरआवासीय नेपाली संघ साउदीका उपाध्यक्ष विशाल श्रेष्ठका अनुसार अधिकांश नेपाली कामदारले खोप लगाइसकेको बताए । ‘कामदारलाई अगस्टसम्म खोप लगाउन भनिसकेको छ । खोप नलगाएका व्यक्तिले कतिपय स्थानमा जान नपाउने नीति छ,’ उनले भने, ‘परिस्थिति हेरेर खोप नलगाएका व्यक्ति जथाभावी हिँडेको भेटिएमा जरिवानादेखि डिपोर्ट गरिने सूचनाहरू जारी गरिएको छ ।’ उनका अनुसार खोप केन्द्रमा पनि कामदारको भीड देखिएको छ ।साउदीमा परिवारसहित बसोबास गर्ने स्याङ्जाकी यस्मिन बेगम सैयदले छोरीसहित खोप लगाएको बताइन् । ‘मेरी छोरी १९ वर्षकी भइन् । उसले पनि खोपको सुविधा पाइन्,’ उनले भनिन्, ‘नेपाली परिवार सबैले लगाइसके । खोप लगाएपछि मात्रै मलहरूमा जान पाउने सुविधा छ ।’

    कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतारमा पनि कामदारहरू प्राथमिकतामा परेको बताए । कतारमा ४०.५ प्रतिशतले खोपको पूरा मात्रा लगाइसकेका छन् । ‘३० वर्षमाथिका कामदारलाई खोप लगाउनका लागि खोप केन्द्रले बोलाइरहेका छन्,’ उनले भने, ‘खोप लगाउन कसैले रकम तिर्नुपर्दैन ।’ कतारमा २० वर्षदेखि कार्यरत छविलाल भट्टराईले बजार क्षेत्रमा कार्यरत कामदारका लागि खोप अनिवार्य भएको बताए । ‘हामीले त सहजै र सुलभ रूपमा खोप लगाउन पायौं । साथीहरूले पनि लगाइसके,’ उनले भने । कतारमा ३ लाख ५० हजार नेपाली कार्यरत छन् । कतारको २८ लाख जनसंख्यामध्ये १२ प्रतिशत नेपाली कामदार छन् ।

    यूएईमा पनि कुल जनसंख्याको ३९.३ प्रतिशत जनसंख्याले खोपको दुवै डोज लिइसकेका छन् । नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष लक्ष्मण खनालका अनुसार कम्पनीहरूले आफूसँगै भएका कामदारलाई एकैपटक खोप लगाउन लैजाने गरेको छ । ‘सुरुसुरुमा ज्येष्ठता र दक्ष कामदारले प्राथमिकता पाएका थिए । अहिले साधारण कामदारले पनि पालो पाएका छन् । कम्पनीहरूले समय लिएर आफ्ना कामदारलाई खोप केन्द्रमा लैजाने गरेको छ,’ उनले भने, ‘यसमा कामदारले रकम तिर्नुपरेको छैन ।’ उनले आफू कार्यरत कम्पनीका सबै नेपालीले खोपको पहिलो डोजको पाइसकेको बताए ।

    झन्डै १५ हजार जना नेपाली कामदार रहेको ओमानमा भने विदेशी कामदारका लागि खोप नि:शुल्क गरिएको छैन । कामदार आफैंले खोपको रकम भुक्तानी गर्नुपर्नेछ । जसमा अस्पतालमा भर्नाबापत ३ र खोपबापत २० रियाल गरी २३ रियाल (झन्डै ७ हजार रुपैयाँ) भुक्तानी गर्नुपर्नेछ । ‘व्यक्तिगत रूपमा कामदार आफैं अस्पताल जाँदा खोप पाउने अवस्था छैन । रोजगारदातामार्फत खोप लगाउनुपर्ने अवस्था छ । ठूला कम्पनीले मात्रै खोपको प्रबन्ध गरेका छन् । विशेष गरी थोरै कामदार रहने र घरेलु कामदारले भने खोप पाउन कठिन देखिएको छ,’ गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष विकल झाले भने ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना भाइरसका कारण पछिल्लो दुई सातामा १३ जना नेपालीको मृत्यु भएको छ । साउदी अरबमा ७, भारतमा ५, कतारमा १ जनाको ज्यान गएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑