• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी र राप्तीमा बाढी

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार १४:३५
  • ३८२९

    वीरगन्ज । अविरल वर्षाका कारण चितवनका ठूला नदी राप्ती र नारायणीमा पानीको सतह बढ्दै गएको छ । सोमवारदेखि नै पानी निरन्तर परिरहेकाले अझै पानीको सतह बढ्ने अनुमान गरिएको छ ।पानीको सतह बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ र २८ मा नारायणी नदीले कटान सुरु गरेको वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिए । उनले नदी वरपरका वासिन्दालाई सचेत अवस्थामा बस्न भनिएको जानकारी दिए ।नदीको कटानलाई रोक्न ठूलाठूला ढुंगा ल्याएर राख्ने क्रम चलिरहेको बेला बाढी आएकाले काम प्रभावित भएको र जोखिम बढेको उनको भनाइ छ ।

    उद्धारकर्मी तयारी अवस्थामा

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख ओम लामिछानेले बाढी र पहिरोबाट जिल्लामा अहिलेसम्म मानवीय र भौतिक क्षति भएको जानकारीमा नआएको बताए । उनले प्रहरीका मातहतका निकाय, सशस्त्र प्रहरी, नेपाली सेना सबै सतर्क अवस्थामा रहेको र जनतालाई पनि सतर्क रहन भनिएको जानकारी दिए ।‘भरतपुर महानगरपालिकाका वडा नं. २६, २७ र २८ मा नारायणीको डुबान र कटान बढी हुने भएकाले प्राथमिकतामा राखेर सचेतना अपनाइएको छ,’ एसपी अधिकारीले भने । गएरातिदेखि विहानसम्म विभिन्न सडकखण्डमा झरेका १० वटाभन्दा बढी पहिरो पन्छाएर सडक खुलाउने काम गरिएको एसपी अधिकारीले जानकारी दिए ।यस्तै, पूर्वी चितवन हुँदै बग्ने राप्ती नदीमासमेत पानीको सतह बढेको छ । पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेकाले मनहरी, रजैया, लोथर, सौराहा लगायतका क्षेत्र भएर बग्ने राप्ती नदीमा बाढी आएको छ । २०७४ सालमा यही नदीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको थियो ।

    सौराहामा पनि सतर्कता

    क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले निरन्तरको वर्षाले नदीको सतह निकै माथि आएको बताए । उनले निरन्तर पानी परे रातिदेखि खतरा हुन सक्ने बताए । सौराहा डुबानमा पर्नसक्ने खतरालाई मध्यनजर गरी तत्काल उद्धारका लागि हात्ती र बोट तयारी अवस्थामा राखिएको उनले बताए ।पश्चिम चितवनको माडी क्षेत्रमा निरन्तर परेको पानीले त्यहाँका ठाडा खोलाहरुमा पनि बाढी आएको छ । बाढीका कारण जिल्ला सदरमुकाम भरतपुर आवत–जावत पूर्णरुपमा रोकिएको छ । माडीमा ११ वटा साना ठूला खोला छन् ।इलाका प्रहरी कार्यालय माडीका निरीक्षक झलक पौडेलले भने, ‘गएरातिदेखि निरन्तर परेको पानीले खोलाको सतह बढ्दै आएको छ । तर बस्तीहरुमा अहिलेसम्म बाढी पसेको छैन ।’

    यस्तै, पूर्वी चितवनको ढुंग्रेखोला, कयर, लदरा, च्यात्रा, लोथर, बूढीराप्ती र पम्फा खोलामा पानीको सतह बढेको छ । यी खोलाहरुले कटान गर्न सक्ने भएकाले सचेत हुन भनिएको खैरहनी नगरपालिकाले जनाएको छ ।कतै बाढीले सडक भत्काएमा वा कटान गरेमा तत्कालको व्यवस्थापनका लागि जाली, ढुंगा र ग्राभेल तयारी अवस्थामा राखिएको खैरहनी नगरपालिकाका प्रेस सल्लाहकार ध्रुवराज खनालले जानकारी दिए ।

    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

    अविरल वर्षाका कारण चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानहरुमा स–साना ढुंगा र लेदो खसेको छ ।घुमाउने लगायतका स्थानमा लेदो खसेर केहीबेर अवरुद्ध बनेको सडक अहिले सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । उनले पहिरो आएर सडक अवरुद्ध भए तत्कालै खुलाउन एक्साभेटरलाई तयारी अवस्थामा राखिएको बताए । मुग्लिनदेखि फिस्लिङसम्मको सडक पनि चालु अवस्थामा नै रहेको उनले जानकारी दिए ।फिस्लिङमा पनि एक एक्साभेटर राखिएको छ । वर्षायाममा बर्सेनि यस सडकखण्डमा पहिलो खस्ने गरेको छ । गत वर्ष वर्षामा मुग्लिन–फिस्लिङ सडकखण्डमा रहेको पुल भत्काउँदा केही दिन पृथ्वीराजमार्ग अवरुद्ध बनेको थियो ।

    प्रशासनको अनुरोध : सतर्क रहनुस्

    चितवन प्रशासन कार्यालय चितवनले नदी आसपास र सम्भावित पहिरोको जोखिममा रहेका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।नारायणी, राप्तीलगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउनुपर्ने प्रशासनको भनाइ छ । प्रशासनले ‘अत्यन्त जरुरी’ सूचना जारी गर्दै सो सर्तकता अपनाउन अनुरोध गरेको हो ।सूचनामा चितवन लगायत आसपासका जिल्लाहरुमा लगातार पानी परिरहेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन भनिएको छ । बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलन गर्ने लगायतका काम नगर्न प्रशासनले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑