वीरगञ्ज। वीरगञ्जस्थति नारायणी अस्पतालमा आइतबार गरिएको परिक्षणमा १५ जना कोरोना पोजेटिभ भेटिएका छन् ।अस्पतालले उपलब्ध गराएको विवरण अनुसार विभिन्न स्थानबाट आएका ९६ जनाको थ्रोट स्वाबको नमुनालाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा ७ महिलासहित १५ जना कोरोना पोजेटिभ भेटिएका हुन् ।
कोरोना पोजेटिभ हुनेमा सबैभन्दा धेरै पर्सा जिल्लाका ९ जना रहेको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए । त्यसैगरी बाराका ३, रौतहटका २ र सर्लाहीका १ जना पनि कोरोना पोजेटिभ भएको डा. सिंहले बताए ।