• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    खाँदै मोबाइल चलाउनु स्वास्थ्यका लागि हानिकारक

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७८, सोमबार १४:१४
  • ३७१३

    वीरगन्ज । ‘खाना खाने बेला फोन नचलाऊ ।’, ‘कम्तीमा खानेबेला त मोबाइललाई आराम देऊ ।’यी वाक्य प्रायः घरघरमा सुनिन्छ । तर यस्ता सुझाव र अपिलहरू सधैं खेर जान्छन् । विशेषगरी बालबालिका, किशाेर र युवामा यस्तो बानी विकास भएकाे छ । हातले खाना उठाएर मुखमा लगाइरहेका त हुन्छन्, तर सम्पूर्ण ध्यान मोबाइल र ल्यापटपको स्क्रिनमै केन्द्रित हुन्छ ।गेम खेल्दै, फिल्म हेर्दै वा च्याट गर्दै खाना खाने पुस्ताकाे जमात बढ्दाे छ । अझ बालबालिका त यति हठी स्वभावका बनिसकेका छन् कि, फोनबिना खानै मान्दैनन् ।वास्तवमा परिवारका सदस्यबीचको सम्बन्धलाई बलियो बनाउने एउटा माध्यम भनेको परिवारिक माहोलमा हुने खानपानको परम्परा पनि हो । तर अहिलेको आधुनिक जीवनशैलीमा मानिसहरु आफैंमा यति धेरै व्यस्त छन् ।

    बच्चाहरुलाई महत्वपूर्ण संस्कार सिकाउनुपर्ने अभिभावक नै खाना खाने समयमा मोबाइल र ल्यापटपमा स्क्रिन स्क्रोल गरिरहेका हुन्छन् ।यसैको असर अहिलेका अधिकांश बालबालिकामा देखिएकाे छ । एक/दुई वर्षदेखिका बालबालिकाहरु आरामले मोबाइलमा आफ्नो समय बिताइरहेका हुन्छन् ।रुँदा फकाउन होस् वा खाना खानलाई भुलाउन । वा अभिभावकको काममा डिस्टर्ब नगरुन् र चकचक नगरी बसुन् भनेर बुवा-आमा, दाइ-दिदीले मोबाइल, ट्याब्लेट ढुक्कैले बच्चालाई छोडिदिन्छन् ।यसै पनि बालबालिकालाई उनीहरुको खुराक पुरा गराउनु अभिभावकका लागि संसारकै गाह्रो काम हुन्छ । त्यसमाथि हातमा मोबाइल थमाइदिने स्वभावले यसलाई अझै खराब बनाइदिएको छ ।

    खानपानको समयमा बालबालिकालाई मोबाइल चलाउन दिँदा यसले गम्भीर असर पार्ने स्वास्थ्य चिकित्सक तथा मनोविदहरु बताउँछन् ।स्मार्टफाेन पहुँच भएका परिवारमध्ये ९० प्रतिशत बालबालिकाहरु दुई वर्ष पुग्नुअघि नै स्मार्टफोनमा रमाउने गरेको एउटा अनुसन्धानले देखाएको छ ।मस्तिष्क विकास हुने यो प्रारम्भिक उमेरमा यस्तो किसिमको बानी बालबालिकाहरुका लागि निकै घातक हुने वैज्ञानिकहरु बताउँछन् ।आज हामी तपाईंलाई खाना खाने समयमा मोबाइल तथा ल्यापटप चलाउँदा पर्ने असरहरुका बारेमा छाेटाे जानकारी दिँदै छौं ।

    १. खाने बानीमा प्रत्यक्ष असर
    खाने बानीलाई बाहिरका डिस्ट्रयाक्टिङ तत्वहरुले धेरै असर गरिरहेको हुन्छ । यदि तपाईंको बच्चामा पनि धेरै खाने वा थोरै खाने बानी छ, यसको मूल कारण एकपटक खोतल्नुहोस् । कहिलेकाहिँ यो बानी उनीहरुको मोबाइल प्रयोग गर्ने बानीसँग पनि जोडिएको हुनसक्छ ।सामान्यतः बालबालिकामा खेल्दै खाने बानी हुन्छ । जब यी बालबालिकाको ध्यान मोबाइलमा मोडिन्छ, तब उनीहरुको सम्पूर्ण मस्तिष्क मोबाइलमै केन्द्रित हुन्छ । कुन बेला पेट अघायो वा पेट अघाएको छैन, थाहा नभए पनि उनीहरु खाइरहन्छन् ।खानामा ध्यान केन्द्रित गर्न नसक्दा आवश्यकताभन्दा धेरै वा कम खाइरहेको छु भन्ने कुरा उनीहरुले थाहा पाउन सक्दैनन् ।

    २. राम्रोसँग चपाउन सकिँदैन
    खाना खाने क्रममा पाचन प्रणालीलाई पनि ध्यानमा राख्नुपर्छ । पाचन प्रणाली बिग्रिएको खण्डमा बच्चा बिरामी पर्न सक्छन् । तर जब बच्चाहरु खाना खाने समयमा मोबाइल खेलाउन थाल्छन्, तब उनीहरु खाना राम्रोसँग चपाउन बिर्सिन्छन् ।यसले पाचन प्रणालीलाई धेरै असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् । साथसाथै यसले घाँटीमा खाना अड्किने पनि समस्या पैदा गर्न सक्छ ।

    ३. मोबाइल दुर्व्यसनीको खतरा
    बालबालिकालाई खाना खुवाउन वा फकाउनलाई यदि तपाईं पनि मोबाइल र रमाइला भिडियोहरुको सहारा लिनुहुन्छ भने यो बानीलाई आजैबाट त्यागिदिनुहोस् ।
    खाना खाँदा मोबाइल हेरेर खाना खाने बानी बसिसकेपछि कुनै पनि हालतमा यो छुटाउन धेरै गाह्रो पर्छ ।

    ४. समग्र स्वास्थ्यका लागि हानिकारक
    खाना खाने समयमा मोबाइल प्रयोग गर्ने बानी सबै उमेर समूहका मानिसहरुको स्वास्थ्यका लागि हानिकारक छ । जब भोजन समयलाई तपाईं प्रविधिसँग जुधाउनुहुन्छ, तब यसले स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् ।पोषकविदहरुका अनुसार खाना खाने समयमा स्मार्टफोनको प्रयोगले शरीरमा भएकाे क्यालोरीको संख्यालाई असर गर्दछ । खाना खाँदा ध्यान अन्य कुरामा लागे यसले क्यालोरी इन्जेसनलाई १५ प्रतिशतसम्म बढाउँछ ।यस्तो बानीले उमेर र लिङ्ग अनुसार क्यालोरिक र लिपिड इन्टेकलाई बढाउँछ ।खाना खाने समयमा मोबाइल प्रयोगले शरीरमा विभिन्न असर गर्दछ । जस्तै शरीरको पोस्चरलाई असर गर्ने, घाँटी र ढाड बाङ्गो हुने ।

    अति खाने हुँदा यसले भोक नलाग्ने तथा डायबेटिजको समस्या पनि उत्पन्न गराउन सक्छ । अल्सर, कम तौल, शरीर समयअनुसार नबढ्ने विभिन्न समस्या उत्पन्न हुन्छन् । यसले अर्फिडजस्तो ‘इटिङ डिसअर्डर’ पनि जन्माउँछ ।मुख र स्क्रिनमा हात डुलाउँदा किटाणु सर्ने खतरा पनि त्यतिकै हुन्छ । यसले शरीरलाई पनि सेल फोनको रेडियसनसँग नजिक ल्याउँछ ।

    ५. पारिवारिक सम्बन्ध कमजोर
    माथि भनिएको जस्तै खानपिनको परम्पराले सधै पारिवारिक जमघटको माहोल सृजना गर्छ । तर यदि तपाईं खाना छोडेर सधै मोबाइलमै झुम्मिनुहुन्छ भने तपाईसँग बसिरहेको व्यक्तिलाई तपाईंको स्वभाव रुखो र अशिष्ट लाग्न सक्छ । साथै यसले परिवारजनबीच भावनात्मक दूरी पनि बढाइदिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑