वीरगन्ज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण हालसम्म विश्वभर ३८ लाख १३ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा २ हजार ९ सय ६३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।त्यस्तै हालसम्म विश्वका १७ करोड ६५ लाख ८५ हजार १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १६ करोड ६० लाख २ हजार ३ सय १० जना संक्रमणमुक्त भएका छन् ।
वल्डोमिटरको तथ्यांक अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड, ४३ लाख १६ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४ सय सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको र २६ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । त्यसैगरी हालसम्म अमेरिकामा ६ लाख १४ हजार ९ सय ८१ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
त्यसैगरी हाल भारतमा विश्वमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणको कारण थप ८ सय ६४ जनाको मृत्यु भएको छ भने ६६ हजार ६ सय ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ तथ्यांकले देखाएको छ । हालसम्म भारतमा २ करोड ९५ लाख ५ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने हालसम्म भारतमा २ करोड ८१ लाख ४३ हजार ९ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
वल्डोमिटरको तथ्यांक अनुसार ब्राजिलमा हाल कोरोना संकम्रमणको कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ३ सय ५८ जनाको ज्यान गएको छ । त्यसैगरी हालसम्म १ करोड ७३ लाख ७६ हजार ९ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने हालसम्म १ करोड ५७ लाख १ हजार १ सय ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
कोरोनाको तथ्यांक हेर्न तलको लिंक क्लिक गर्नुहोस्