वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको शिक्षा परीक्षा (एसईई) मूल्यांकन कार्यविधि तयार गरेको छ ।बोर्ड बैठकले एसइई मुल्यांकन कार्यविधि पारित गरेको र विद्यालयले असार २० गते भित्र विद्यार्थीको मूल्यांकन नजिता सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडले बताए ।
उनले भने, ‘विद्यालयले असार २० गते भित्र समन्वय इकाईमा पठाउने र समन्वय इकाले असार मसान्तभित्र बोर्डमा पठाउने निर्णय भएको छ ।’कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसकेपछि २०७७ को एसईई परीक्षा पनि अघिल्लो वार्षको जस्तै मुल्यांकन विधिबाट हुन लागेको हो । जसका लागि बोर्डले मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको छ ।
नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइएको छ । विद्यार्थीको पढाईको विषयमा विषयगत शिक्षकलाई थाहा हुने भएकोले मुल्यांकनको मुख्या अधिकार विषयगत शिक्षकलाई दिइएको अध्यक्ष पौडेलले बताए ।
कसरी हुन्छ मुल्यांकन ?
७५ पुर्णाङ्कको लिखित परीक्षा दिनुपर्ने विषयमा विद्यार्थीले गरेको कक्षा कार्य, प्रस्तुति, प्रोजेक्ट ओर्क लगायतलाई आधार मानेर विषय शिक्षकले २० प्रतिशतसम्म मार्क्स उपलब्ध गराउने र विद्यालयमा भएको पहिलो दोस्रो र तेस्रो त्रैमासिक परीक्षा लगायतलाई आधार मानेर ५५ प्रतिशत मार्क्स मुल्यांकन गरिने परीक्षा नियन्त्रक अधिकारीले बताए ।
२५ पुर्णाङ्कको प्रयोगात्मक विषयलाई, प्रयोगात्मक परीक्षा लिएर नै नम्बर उपलब्ध गराइने उनले बताए । पहिलो,दोस्रो त्रैमासिक परीक्षा लिन नसकेका विद्यालहरु पनि भएकाले कार्यविधिमा त्यसलाई सोही अनुसारको मुल्यांकन गर्ने छुट दिएको नियन्त्रक अधिकारीले जानकारी दिए । साेही अनुसार सबै विषयकाे मुल्यांकन हुने उनले बताए ।